close

अनलाइनमा प्रेम झल्काउने चित्र देखाउँदै सविता र इशान

टेकपाना टेकपाना

माघ २९, २०७७ १७:१५

अनलाइनमा प्रेम झल्काउने चित्र देखाउँदै सविता र इशान

काठमाडौं । अहिले प्रेमिल सप्ताह चलिरहेको छ । प्रेमलाई लिएर सबैका आ-आफ्नै परिभाषा छन् । यसैबीच कलाकार जोडी सविता डंगोल र इशान परियारले भने आफ्नो पाँचौं वर्षको वैवाहिक वर्षगाँठ मनाउन ‘लभ थ्रु द लाइन’ शीर्षकमा डुयट कला प्रदर्शनी भर्चुअल आयोजना गरेका छन् । 

दुई व्यक्ति कुनै बिन्दुबाट जोडिएपछि माया सुरु हुन्छ । कला पनि यसरी एउटा विन्दु वा धर्साबाट सुरु हुन्छ ।

आफूहरुको आत्मा, माया र अन्य तत्वहरुलाई जोड्ने विन्दु वा धर्कालाई संकेत चिन्ह बनाएर प्रणय दिवसको अवसरमा यही भावानुभूतिलाई चित्रमार्फत व्याख्या गर्न अहिले सविता र इशानको युगल जोडीले १८ दिने ‘अनलाइन आर्ट एक्जिभिसन’को आयोजना गरेका छन् । 

१० फेब्रुअरीदेखि २८ फेब्रुअरीसम्म चल्ने साे अनलाइन आर्ट एक्जिभिसनमा कलाप्रेमी दर्शकहरुले प्रणयका हरेक आयाम, तत्व र यसमा हुने समागमलाई हेरेर आनन्द लिन सक्नेछन् । 

अनलाइनमा छुट्टाछुट्टै दुई लिङ्कहरुबाट तपाईंले पनि कलाकार जोडी सविताइशानको चित्रकलालाई हेर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१