close

२ जेठदेखि फोनपोइन्ट्सको ‘२.२ उत्सव’, २ पोइन्टमा वासिङ मसिनदेखि फ्रिजसम्म जित्ने अवसर

टेकपाना टेकपाना

बैशाख ३१, २०८३ १४:४९

२ जेठदेखि फोनपोइन्ट्सको ‘२.२ उत्सव’, २ पोइन्टमा वासिङ मसिनदेखि फ्रिजसम्म जित्ने अवसर

काठमाडौँ । डिजिटल रिवार्ड्स प्लेटफर्म ‘फोनपोइन्ट्स’ ले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘२.२ उत्सव’ आयोजना गर्ने भएको छ । कम्पनीले आगामी शनिबार अर्थात् २ जेठदेखि सुरु हुने यस कार्यक्रमलाई वर्षकै बृहत् ‘रिवार्ड फेस्टिभल’ का रूपमा प्रस्तुत गरेको छ ।

यस अभियान अन्तर्गत प्रयोगकर्ताले खानपिन, जीवनशैली (लाइफस्टाइल), यात्रा तथा मनोरञ्जनलगायत विभिन्न क्षेत्रका अफरहरू एउटै प्लेटफर्ममा पाउनेछन् । ग्राहकको दैनिक खर्चलाई थप फाइदाजनक र पुरस्कृत बनाउने उद्देश्यले नयाँ अभियान ल्याइएको कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी प्रयोगकर्ताले आफ्नो खातामा भएको केवल ‘२ पोइन्ट’ खर्च गरेर विभिन्न उपहार र अफरहरू प्राप्त (रिडिम) गर्न सक्नेछन् । यसअन्तर्गत कफीदेखि विभिन्न सामग्री र सेवासम्मका अफर समावेश छन् । साधारण अफरका साथै ‘पोइन्ट्स गेम’ मार्फत लक्की ड्र विजेताले ५० लिटरको बेटर आर्टिक रेफ्रिजेरेटर, टाइटनको घडी र बेटरको स्टार इन्डक्सन चुलो जस्ता उपहारहरू जित्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार यो उत्सव तीन चरणमा सञ्चालन हुनेछ, जसमा जेठ १ गतेसम्म ‘प्रि २.२ डिल्स’, जेठ २ गते मुख्य ‘एनिभर्सरी डिल्स’ र जेठ ३ देखि १४ गतेसम्म ‘पोस्ट २.२ डिल्स’ उपलब्ध हुनेछन् । यो समयसीमाभित्र प्रयोगकर्ताले उपलब्ध अफरहरू हेर्न, आफ्नो मनपर्ने डिल छनोट गर्न र रिडिम गर्न पर्याप्त समय पाउने कम्पनीले जनाएको छ ।

यस कार्यक्रमको मुख्य आकर्षणका रूपमा हुन्डाई वासिङ मेसिन जस्ता महँगा सामानहरू समेत जम्मा २ पोइन्टमै उपलब्ध हुनेछ । कार्यक्रममा श्री एयरलाइन्स, केएफसी, फिल क्याफे, इरानी चिया, आईएनआई सिनेमाज, ज्यामी बबल टी, भ्याली एक्सप्रेस र अल्टिमा लाइफस्टाइल लगायतका चर्चित ब्रान्डहरूले छुट र अफरहरू प्रदान गर्नेछन् ।

प्रयोगकर्ताले यी सबै अफरहरू फोनपोइन्ट्स एपमार्फत प्राप्त गर्न सक्नेछन् । साथै, इसेवा र फोनपे एपभित्र रहेको 'रिवार्ड' सेक्सनबाट पनि यी डिलहरू हेर्न, प्रयोग गर्न र उत्सवमा सहभागी हुन सकिने कम्पनीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ १४:४९