close

छानी छानी इन्टरनेटको तार काट्दा ठूलो क्षति पुग्यो : सेवा प्रदायक

टेकपाना टेकपाना

असोज १६, २०७८ २०:१३

छानी छानी इन्टरनेटको तार काट्दा ठूलो क्षति पुग्यो : सेवा प्रदायक

काठमाडौं । विद्युत् प्राधिकरणले तार काट्दा आफ्नो पूर्वाधारमा ठूलो क्षति पुगेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले दाबी गरेको छ । आइस्पानले शनिबार विज्ञप्ति जारी गर्दै विद्युत् प्राधिकरणले कानुन विपरीत विभिन्न सहरका मुख्य स्थानमा सेवा प्रवाहको लागि प्रयोग भएको फाइबर तार छानी छानी काटिदिएको जनाएको छ। 

‘सरकारले अति आवश्यक सेवाको रुपमा स्थापित गरिसकेको इन्टरनेट सेवालाई खिल्ली उडाएर ठप्प पार्ने हेतुले नेपाल विद्युत् प्राधिकरणले यस्तो गैरकानुनी क्रियाकलाप गरेको छ,’ आइस्पानले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसका कारण अहिले इन्टरनेट सेवा प्रदायकको सेवा प्रणालीमा ठूलो क्षति पुगेको छ ।’

भरतपुर र विराटनगरमा प्राधिकरण कर्मचारीले मुख्य मुख्य ठाउँमा इन्टरनेट सेवा प्रवाह गरिरहेको फाइबर तार छानी-छानी काटेको विज्ञप्तिमा दाबी गरिएको छ । 

प्राधिकरणले काठमाडौंसहित भरतपुर, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, खाडीचौर, धनगढीसहितका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदायकको तार काटेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५