close

खसीको घाँटीमा क्वीआर कोड, सबै विवरण हेर्दै किन्न मिल्ने

टेकपाना टेकपाना

असोज २६, २०७८ १४:३३

खसीको घाँटीमा क्वीआर कोड, सबै विवरण हेर्दै किन्न मिल्ने

काठमाडौं : क्वीआर कोडमा खसीको जन्मिँदाको तौल, माउको विवरण, विभिन्न उमेरमा खसीको तौल, स्वास्थ्य, औषधि र खोपका विवरण राखेर बिक्री गर्ने अभ्यास सुरु भएको छ । ज्ञानेश्वर युवा क्लबको अगुवाइमा काठमाडौंको ज्ञानेश्वर नारायण चौर पार्कमा क्वीआर कोड स्क्यान गरी खसी किन्न मिल्ने सुविधा सुरु गरिएको हो ।

कृषिको बजारीकरणको लागि काम गरिरहेको हेफर इन्टरनेसनल नेपाल र एग्रीक्लियरको सहकार्यमा खसी बाख्राको विवरणलाई ब्लक चेन प्रविधि प्रयोग गरी अभिलेख राख्ने नमुना परियोजना सुरु भएको हो ।

परियोजना अन्तर्गत लेकबेशी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड नवलपुरका महिला उद्यमीले हुर्काएको खसीहरू ब्लक चेन प्रणालीमा समावेश गरिएको हो ।

यो प्रणालीमा आधिकारिक कृषक, भेटेरिनरी तथा सहकारीका प्रतिनिधिले विवरण भर्ने अनुमति पाउने हेफर इन्टरनेशनलले जनाएको छ । यसमा राखिएको विवरण परिवर्तन गर्न नमिल्ने बताइएको छ ।

कृषकले बेचेको समयको उमेर र तौल पनि प्रणालीमा दर्ता हुने भएकाले उपभोक्ताले खसी किन्ने बेलामा सही सूचना प्राप्त गर्न सक्ने हेफर इन्टरनेशनलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१