close

फिफा विश्वकप २०२६ प्रसारणपछि आफ्नो प्लेटफर्ममा दर्शक संख्या ७ लाख नाघेको ‘डीगो’ को दाबी

टेकपाना टेकपाना

साउन ४, २०८३ १७:१६

फिफा विश्वकप २०२६ प्रसारणपछि आफ्नो प्लेटफर्ममा दर्शक संख्या ७ लाख नाघेको ‘डीगो’ को दाबी

काठमाडौं । डिशहोम डिजिटल प्रालिले आफ्नो ओटिटी प्लेटफर्म डीगोमा आबद्ध दर्शकको संख्या सात लाख नाघेको जानकारी दिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारणपछि यो आँकडा पार भएको दाबी गरेको छ ।

कम्पनीका अनुसार दर्शकको संख्यामा आएको यो वृद्धि प्रिमियम कन्टेन्ट विस्तार र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको डिजिटल प्रसारण रणनीतिको परिणाम हो । यसले डीगोलाई देशकै अग्रणी स्ट्रिमिङ सेवामध्ये एकका रूपमा स्थापित गर्न सहयोग पुगेको कम्पनीको दाबी छ ।

डीगोमा लाइभ टेलिभिजन च्यानल, नेपाली तथा विदेशी चलचित्र, टेलिभिजन सिरियल, लाइभ कार्यक्रम र विभिन्न खेलकुद सामग्री हेर्न सक्ने व्यवस्था छ । यो सेवा मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टिभीमा उपलब्ध छ ।

हालै सम्पन्न फिफा विश्वकप २०२६ का सबै १०४ खेल नेपालमा डीगोमार्फत पनि आधिकारिक रूपमा प्रत्यक्ष प्रसारण गरिएको थियो । यसबाहेक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटसहित विभिन्न फुटबल प्रतियोगिता, अन्य खेलकुद सामग्री तथा २०० भन्दा बढी लाइभ टेलिभिजन च्यानलमार्फत मनोरञ्जन र खेलसम्बन्धी सामग्री उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: साउन ४, २०८३ १८:१३