close

अन्तरिक्ष सम्बन्धी कानुन नबन्दा रोकियो रकेटको परीक्षण, पूरा भएन मन्त्रीको बाचा

टेकपाना टेकपाना

पुस २३, २०७८ १२:२९

अन्तरिक्ष सम्बन्धी कानुन नबन्दा रोकियो रकेटको परीक्षण, पूरा भएन मन्त्रीको बाचा

काठमाडौं । नेपालमा अन्तरिक्ष कानुन नबुन्दा विद्यार्थीहरुले बनाएको रकेट परीक्षण हुन सकेको छैन । नियर अर्थ स्पेसले बनाएका आरम्भ १,२ र ३ मोड‍्युलका ३ वटा रकेट  र राष्ट्रिय आविष्कार केन्द्रमा मोहन तामाङले निर्माण गरेको गरुडा-२ रकेटको परीक्षण हुन नपाएका हुन् । कानुन अभावमा परीक्षण हुन नपाएका उनीहरुले बताएका छन् । 

कस्तो रकेटलाई प्राथमिकता दिने,कहाँ परीक्षण गर्ने र यसमा प्रयोग हुने इन्धन प्रयोगको बारे कानुन नहुँदा परीक्षण हुन सकेको छैन । रकेटमा प्रयोग हुने एपिसिपि अर्थात एमोनियम पर्कोलेट कम्पोजिट प्रोपलेन्ट इन्धन नेपालमा विस्फोटक पदार्थमा सूचिकृत छ । इन्धनको रुपमा उनीहरुले क्यान्डी फ्युल प्रयोग गरेका छन् ।

चिनी, पोटासियम नाइट्रेट, आइरन अक्साइड मिलाएर बनाइएको इन्धनलाई ‘क्यान्डी फ्युल’ भनिने गरुडाका निर्माणकर्ता मोहन तामाङले बताए । उनीहरुले बनाएका रकेट शैक्षिक एवं अनुसन्धनात्मक प्रयोजनका लागि हो । तर कानुन नहुँदा परीक्षण समस्या हुने गरेको हो । 

विद्यार्थीहरुले निर्माण गरेको रकेटको परीक्षणका लागि सेनाको सहयोग लिनुपर्ने बाध्यता छ । यसअघि गत वर्ष गरुडा रकेट र आरम्भको रकेट नेपाली सेनाको सहयोगमा धनुषाको विमानमा प्रक्षेपण गरिएको थियो । त्यसबेलाको परीक्षण असफल भएको छ । त्यसको केही महिनापछि गरुडा रकेट सेनाको सहयोगमा उपत्यकाको एक स्थानमा गरिएको थियो जुन सफल भएको थियो । 

कानुन निर्माणका लागि दबाब दिने उद्देश्यले गत मंसिरमा युथ फर नेशनले काठमाडौंको शंखपार्कमा विज्ञान प्रदर्शन गरेको थियो । उक्त कार्यक्रममा विज्ञान मन्त्री देवेन्द्र पौडेल कानुन बनाउने वाचा गरेका थिए । तर मन्त्रालयले हालसम्म कुनै पहल गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५