close

खल्ती वालेटबाट मुभी टिकेट काट्ने सजिलो तरिका

हरिजङ्ग थापा हरिजङ्ग थापा

भदौ १४, २०७९ १८:२

खल्ती वालेटबाट मुभी टिकेट काट्ने सजिलो तरिका

काठमाडौं । तपाईंलाई फिल्म हेर्न मन लाग्यो भने टिकट कहाँबाट कसरी लिने गर्नुभएको छ ?

पहिलो, हलमै पुगेर टिकट काउन्टरबाट । दोस्राे, क्यूएफएक्स, बिग मुभिज वा अरु कुनै हलको वेबसाइटबाट अनलाइन बुकिङ गरी ।

जमाना अनुसार यी दुवै विकल्प झन्झटिला नै छन्। फिल्म हेर्न जाने भनेको रमाइलोका लागि हो ।

हलमा गएर, लाइन लागेर समयको बर्बाद गर्ने रहर कसकाे पो हुन्छ र ? त्यसमाथि जुन मुभी हेर्न गएको हो, लाइन बस्दा बस्दै सकिसकेको पनि हुनसक्छ ।

होइन अनलाइनबाटै बुक गरौं न त भन्दा पनि हलैपिच्छे फरक फरक वेबसाइट छ । वेबसाइटमा गएर अनेक डिटेल हालेर लगइन गर्नुपर्‍यो ।

सिट बुक गरेपछि अनलाइन पेमेन्टको लागि प्रोसेस गर्नुपर्‍यो । फेरि वालेटभित्र लगइन गर्नुपर्‍यो । हलमा पुगेर फेरि पेमेन्टको रसिदको देखाएर टिकट लिनुपर्‍यो ।

सुन्दा र भन्दा नै अत्यास लाग्दो प्रक्रिया छ। यो सबै झन्झन्टबाट मुक्ति दिलाउने प्रयास खल्ती डिजिटल वालेटले गरेको रहेछ । जसले दाबी गरेको छ कि, केबल ५० सेकेन्डमा नै मुभी टिकट किन्न सक्नुहुन्छ भनेर ।

आज म खल्ती डिजिटल वालेटबाट मुभी टिकट किनेर हेर्दैछु । साथै यो कत्तिको सजिलो र छिटो रहेछ त्यो पनि देखाउँदै छु ।

हेर्नुहोस् भिडिओ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३