close

विस्फोटक क्षेत्रमा पनि प्रयोग गर्न सकिने स्मार्टफोन ल्याउँदै नोकिया

टेकपाना टेकपाना

असोज २१, २०७९ ९:२५

विस्फोटक क्षेत्रमा पनि प्रयोग गर्न सकिने स्मार्टफोन ल्याउँदै नोकिया

काठमाडौं । औद्योगिक क्षेत्रलाई लक्षित गर्दै एचएमडीले नोकियाको दुई नयाँ डिभाइसहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । 

विशेषगरी औद्योगिक क्षेत्रलाई लक्षित गरि कम्पनीले यी दुई डिभाइस सार्वजनिक गर्ने घोषणा गरेको हो । कम्पनीले चाडैं नै नोकिया एक्सआर २० इन्डस्ट्रियल एडिशन स्मार्टफोन र नोकिया इन्डस्ट्रयिल फाइभजी फिल्ड राउटरको सार्वजनिक गर्ने बताएको छ । 

यी दुवै डिभाइसहरु विशेषगरी विस्फोट हुनसक्ने जोखिमपूर्ण ठूला-ठूला औद्योगिक क्षेत्रहरूको लागि तयार गरिएको कम्पनीले जनाएको छ । बलियो र टिकाउ स्मार्टफोन निर्माण गर्ने ब्रान्डको रुपमा नोकिया आजपनि परिचित छ । नयाँ आउने यी डिभाइसहरूले नोकियाको यो परिचयलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ ।  कम्पनीका अनुसार यी डिभाइसहरु पानी र धुलोले मात्र नभई आगोले पनि केहि हुने छैन । ​

नोकिया एक्सआर २० इन्डस्ट्रियल एडिशन कम्पनीले गतवर्षको जुलाई महिनामा सार्वजनिक गरेको नोकिया एक्सआर २० कै अपग्रेडेड भर्सन हो । यो स्मार्टफोन एकदमै संवेदनशील रसायनहरू प्रयोग हुने र विस्फोटहरूको जोखिम हुनसक्ने स्थानहरूमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
 
त्यस्तै तेल ड्रिलिंग गर्ने ठाउँ, रासायनिक प्रशोधन कारखाना, धुलो खानी वा अन्य कुनै खतरनाक क्षेत्रमा काम गर्ने व्यक्तिहरूले प्रयोग गर्न यो स्मार्टफोन उपयुक्त हुने कम्पनीको भनाई छ। साथै कामदारहरूले आफ्नो स्मार्टफोनमा नोकिया टिम कम्स वा ग्रुप कम्यूनिकेशन जस्ता एप मार्फत पुश-टु-टक र भिडियो प्रयोग गरेर सञ्चार गर्न पनि सक्ने छन् । 

यस्तै नोकियाको इन्डस्ट्रियल 5G फिल्डराउटरले पुरानो औद्योगिक उपकरणहरू र निजी वायरलेस नेटवर्कसँग सम्बन्धित जडान समस्याहरू समाधान गर्ने कम्पनीले जनाएको छ। यसलाई खानी, बन्दरगाह र कारखाना जस्ता जोखिमपूर्ण र जटिल वातावरण भएको स्थानहरूमा प्रयोग गर्न सकिन्छ । 

यी डिभाइसहरुको मूल्य र अन्य फिचरको बारेमा भने कम्पनीले अहिले नै कुनै जानकारी दिइसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ ९:४१