close

यी चार वेबसाइटले बनाउनेछ तपाईँलाई उत्कृष्ट ह्याकर

टेकपाना टेकपाना

कात्तिक २०, २०७९ १६:१२

यी चार वेबसाइटले बनाउनेछ तपाईँलाई उत्कृष्ट ह्याकर

काठमाडौं । साइबरको दुनियाँमा सबैभन्दा बढी जोखिम ह्याकिङको छ । ह्याकिङ भन्नाले कुनै पनि डिजिटल उपकरणहरू जस्तै कम्प्युटर, स्मार्टफोन, ट्याबलेट वा इन्टरनेटमा भएका कमी कमजोरीका माध्यमबाट डेटामा पहुँच बनाउनु हो ।

ह्याकिङ सधैँ गलत प्रयोजनका लागि मात्र हुन्छ भन्ने पनि हुँदैन् । ह्याकिङ विशेषगरी दुई प्रकारको हुन्छ । एउटा ह्वाइट ह्याट ह्याकर र अर्को ब्ल्याक ह्याट ह्याकर । ह्वाइट ह्याट अर्थात इथिकल ह्याकरले कुनै पनि संस्था वा निकायको सर्भरमा हुन सक्ने साइबर आक्रमणलाई पहिचान गरेर सहयोग गर्छन् ।​

ह्वाइट ह्याट ह्याकरले सम्बन्धित संस्था वा निकायको अनुमति लिएर ह्याक गर्ने गर्छन् । भने ब्ल्याक ह्याट ह्याकरले कुनै कम्पनी वा निकायलाई नोक्सानी पुर्‍याउने उद्देश्यले साइट, सर्भर ह्याक गर्ने गर्छन् ।

यो हिसाबले ह्याकिङलाई निकै महत्त्वपूर्ण मानिन्छ । कुनै कम्पनीको साइट वा सर्भर जुनसुकै बेला पनि ब्ल्याक ह्याट ह्याकरको नजरमा पर्न सक्छ । यस्तोमा आफ्नो वा आफू आवद्ध भएको साइटलाई ह्याकरको नजरबाट हेर्नका लागि पनि ह्याकिङ कला आवश्यक पर्छ ।

त्यसैले आज यहाँ हामी त्यस्ता प्लेटफर्मको बारेमा चर्चा गर्दैछौं जसमार्फत तपाईंले आफ्नो ह्याकिङ कला परीक्षण गर्न सक्नुहुनेछ ।

ट्राइ ह्याक मी

ट्राइ ह्याक मि एउटा यस्तो प्लेटफर्म हो जहाँबाट तपाईँले आफ्नो ह्याकिङ स्किल परीक्षण गर्न सक्नुहुन्छ । यस प्लेटफर्ममाफर्फत तपाईंले विभिन्न तहको ह्याकिङ स्किल परीक्षण गर्न सक्नुहुन्छ ।

ट्राइ ह्याक मि साइटमा गइसकेपछि आफू कुन स्तरमा छ त्यो स्तर छानेर कन्टिन्यू गर्नुहोस् । यदि सुरुवात अवस्थामा हुनुहुन्छ भने तपाईँ साइबर सेक्युरिटी किन सिकिरहनु भएको छ भन्ने प्रश्न सोधिएको हुन्छ । उक्त प्रश्नको उत्तर छानेर पुनः कन्टटिन्यू गर्नुहोस् । यसरी तपाईँ आफ्नो स्तर अनुसार ह्याकिङ कला सिक्न र परीक्षण गर्न सक्नुहुन्छ ।

ह्याक दि बक्स

ह्याक दि बक्स ह्याकिङका लागि एउटा त्यस्तो प्लेटफर्म हो जसका माध्यमबाट साइबर सेक्युरिटी स्किल परीक्षण गर्न सकिन्छ । त्यस्तै तपाईँ ह्याकिङमा लगाव राख्नुहुन्छ भने यस प्लेटफर्मबाट सर्टिफाइड पेनेट्रेसन टेस्टर बन्न सक्नुहुन्छ ।

त्यसका लागि माथि दिइएको लिङ्कमा गई नयाँ अकाउन्ट रजिस्टर गर्नुपर्ने हुन्छ । त्यसपछि तपाई को हो भन्ने कुरा अप्सनबाट छान्नुपर्ने हुन्छ । कुनै एउटा विकल्प छानेर कन्टिन्यू गरेको खण्डमा तपाईँले आफ्नो रुचिको क्षेत्र छान्नुपर्ने हुन्छ । यस्ता विभिन्न प्रकिया पार गर्दै गएपछि अन्तिममा तपाईँले खेल्दै ह्याकिङ स्किल परीक्षण गर्न सक्नुहुन्छ ।

ह्याकर १०१

ह्याकिङ सिक्न र परिक्षण गर्नका लागि ह्याकर १०१ पनि तपाईँका लागि उपयुक्त विकल्प हुनसक्छ । यसका माध्यमबाट ह्याकिङमा केकस्ता कोर्स वा भनौँ आधारभूत अध्ययन सामाग्रीको जानाकरी पाउन सकिन्छ । यसबाट आफूलाई इच्छा लागेको कुनै कोर्ष छानेर स्व:अध्यन गर्न सकिन्छ ।

यसमा विशेषतः पेनटेस्ट, वेब ह्याकिङ, मोबाइल ह्याकिङ, ह्याकिटिभिटी जस्ता कोर्स अध्ययन गर्न सकिन्छ । यदि तपाईँ ह्याकिङमा इच्छुक हुन चाहनुहुन्छ र स्वअध्यन गर्न खोजिरहनु भएको छ भने ह्याकर १०१ तपाईँका लागि उपयुक्त प्लेटफर्म बन्न सक्छ ।​

पोर्टस्वीगर

र्टस्वीगर ह्याकरहरूका लागि उपयुक्त अर्को प्लेटफर्म हो । यस प्लेटफर्ममा ह्याकिङ परीक्षण गर्नका लागि १६ हजार बढी संस्थाका ६४ हजार बढी प्रडक्ट रहेका छन् । यस प्लेटफर्मबाट ह्याकिङ परीक्षण गर्न, तालिम लिन, साइबर सुरक्षा कमजोरी पत्ता लगाउने काममा आवद्ध हुन, प्रतिष्ठित कम्पनीहरूसँग जोडिन र सर्टिफाइड प्रोफेसबनल ह्याकर बन्न सकिन्छ ।

अध्ययन गरेर राम्रो नतिजा ल्याउनेलाई यस प्लेटफर्मबाट विशेष अवसर उपलब्ध गराउने कम्पनीले जनाएको छ । निःशुल्क रूपमा स्व:अध्यन गरी ह्याकर बन्न र आफूसँग भएको ह्याकिं कला परीक्षण गर्न चाहनेहरूका लागि यी प्लेटफर्म उपयुक्त हुन सक्छन् ।
 

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०७९ १६:१२