close

सर्बिया विरुद्ध गोल गर्ने ब्राजिलियन खेलाडीको इन्स्टामा रातारात थपिए ४० लाख फलोअर

टेकपाना टेकपाना

मंसिर ११, २०७९

सर्बिया विरुद्ध गोल गर्ने ब्राजिलियन खेलाडीको इन्स्टामा रातारात थपिए ४० लाख फलोअर

काठमाडौं । २५ वर्षीया ब्राजिलियन फुटबल खेलाडी रिचार्लिसन दि एन्ड्रेडको इन्स्टाग्राममा रातारात ४० लाख भन्दा बढि फलोअर बढेको छ । जारी विश्वकप फुटबलको गत बिहीबार सम्पन्न सर्बिया विरुद्धको खेलमा उनले गरेको गोलका कारण उनी एकाएक चर्चामा आएका हुन् । उक्त खेलमा रिचार्लिसनले ७३ औँ मिनेटमा 'बाइसाइकल किक' हानेर गरेको गोल अहिले इन्टरनेटमा छाएको छ । 

रिचार्लिसनका दुई गोल ब्राजिललाई जिताउन निर्णायक बनेको थियो । त्योभन्दा पनि विशेष चर्चा रिचार्लिसनलाई उनको बाइसाइकल किकले दियो । उनले बाइसाइकल किक गर्दै गोल हानेको तस्बिर भाइरल बन्दै गएपछि सामाजिक सञ्जालमा उनका फलोअर पनि बढेका छन् ।

यो खेल भन्दा अगाडि रिचार्लिसनको इन्स्टाग्राम अकाउन्टमा ८० लाख फलोअर थिए । अहिले उनको अकाउन्टमा फलोअर संख्या एक करोड ३० लाख नाघिसकेको छ र यो संख्या अझै बढ्ने क्रममा नै छ ।