काठमाडौं । गुगलले आफ्ना केही एपहरूमा एआईमा आधारित फिचरहरू थप गर्ने घोषणा गरेको छ । यो फिचर हाल परीक्षणको क्रममा रहेको छ र परीक्षणका लागि भने सुरुमा अमेरिकाभित्रका केही प्रयोगकर्ताहरूलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यद्यपि सन् २०२३ को अन्त्यसम्ममा सबै प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ ।
एआईमा आधारित यो नयाँ फिचर गुगल डक्स, जिमेल, सिट्स र स्ल्याड्समा उपलब्ध हुनेछ । फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले आफ्नो डक्समा भएको सामग्रीलाई एडिट गर्न, संक्षिप्तमा बनाउन, सामग्रीका आधारमा तस्विर तयार गर्न, अथवा थप केही जानकारी राख्न सो एआई फिचर प्रयोग गर्न सक्नेछन् ।
त्यसैगरी जिमेलमा प्रयोगकर्ताले आफ्नो ईमेल क्रियट गर्न, ड्राफ्ट बनाउन अथवा आफ्नो ईमेलको संक्षिप्त रुप बनाउन पनि यो फिचरले सहयोग गर्नेछ ।
स्लाइड्सका लागि आवश्यक फोटो तथा भिडिओ खोज्न पनि यसले मद्दत गर्नेछ भने गुगल शिट्समा तथ्याङ्कहरू जम्मा गर्ने तथा फर्मुलाहरू जेनेरेट गर्ने लगायतका कामहरू पनि गरिदिने कम्पनीको भनाइ छ ।
यसका साथै यसमा अन्य थुप्रै फिचरहरू समावेश हुनेछन् जसले प्रयोगकर्ताको गुगल एप प्रयोगमा सहजता ल्याउने र आफ्नो प्रडक्टिभिटि बढाउन पनि मद्दत गर्ने कम्पनीको दाबी छ ।