close

एनपीनगको आयोजनामा काठमाडौंमा पाँच दिने कार्यशाला सुरु

टेकपाना टेकपाना

असार ३, २०८० २३:२०

एनपीनगको आयोजनामा काठमाडौंमा पाँच दिने कार्यशाला सुरु

काठमाडौं । नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनग) को आयोजनामा काठमाडौंमा पाँच दिने कार्यशाला सुरु भएको छ । होटल रोयल सिङ्घीमा आइतबारदेखि ८ असारसम्म जारी रहने कार्यशालामा १०० जनाभन्दा बढीको सहभागिता रहेको छ ।

यसअन्तर्गत नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा संलग्न व्यावसायिक विज्ञहरूबाट दुई ओटा विषयगत क्षेत्रमा तालिम सञ्चालन गरिने आयोजकले जनाएको छ । इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपीआईएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनगं ले यो कार्यशाला संयुक्त रुपमा सञ्चालन गरेका छन्, जसमा नेटवर्क सेक्युरिटी, अप्टिकल फाइबर नेटवर्क एन्ड इन्फ्रास्ट्रक्चर र बीजीपी एन्ड आईपीभीसिक्स डिप्लोयमेन्ट जस्ता विषय रहेका छन् ।

कार्यक्रमको अन्तिम दिन होटल एलफ्टमा सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा आईटी सम्बन्धी विज्ञहरूले आ-आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन् । यो कार्यक्रमले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका समुदायको पारस्परिक ज्ञान आदान प्रदानमा सहयोग पुग्ने आयोजककाे विश्वास छ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८० २३:२०