काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रलाई लक्षित गर्दै आर्टिफिसियल इन्टिलिजेन्स (एआई), डेटा पूर्वाधार तथा साइबर सुरक्षासम्बन्धी कार्यक्रम आयोजना भएको छ । डेल टेक्नोलोजिको नेपालका लागि आधिकारिक वितरक आईटी ग्लोबल प्रालिले बुधवार लाजिम्पाटस्थित दूषित प्रिन्सेस होटेलमा यो कार्यक्रम आयोजना गरेको हो ।
‘मोडर्नाइजिङ फाइनान्सियल सर्भिसेसः एआई, डेटा इन्फ्रास्ट्रक्चर एन्ड साइबर रिकभरी’ विषयमा आयोजना भएको कार्यक्रममा बैंक, वित्तीय संस्था तथा फिनटेक क्षेत्रका उच्च तहका कर्मचारी तथा संस्थाका आईटी प्रमुखहरू सहभागी थिए । कार्यक्रममा डेल टेक्नोलोजीका तर्फबाट नेपाल जस्ता इमर्जिङ मार्केटहरू हेर्ने कम्पनीका प्रबन्ध निर्देशक चिन वाह माक (Chin Wah Mak), नेपालका टेरिटरी सेल्स म्यानेजर बर्नार्ड खो (Bernard Kho) तथा सेक्युरिटी एन्ड रेजिलियन्स स्पेस्लिस्ट चारिथा श्रीनिधि लगायतको उपस्थिति तथा प्रस्तुति रहेको थियो ।
प्रस्तुतिको क्रममा उनीहरूले बैंक तथा वित्तीय क्षेत्रमा सूचना प्रविधिको भविष्य, एआईको प्रयोग, डेटा व्यवस्थापन तथा साइबर सुरक्षासम्बन्धी विषयमा जानकारी दिएका थिए । कार्यक्रममा विशेष गरी डेल एआई फ्याक्ट्री, एआई प्रविधि, स्टोरेजको आधुनिकीकरण तथा इन्टिलिजेन्स डेटा पूर्वाधारको विकास लगायत विषयमा छलफल भएको थियो ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूमा डेटाको सार्वभौमिकता, नियामकीय व्यवस्था तथा डिजिटल रूपान्तरणका लागि आवश्यक एआई पूर्वाधारको महत्वबारे पनि चर्चा गरिएको थियो । कार्यक्रममा साइबर आक्रमणबाट हुने सक्ने जोखिम, विशेषगरी र्यान्समवेयर आक्रमणको बढ्दो चुनौती, महत्त्वपूर्ण प्रणालीहरूमा छिटो पुनः स्थापना गर्ने प्रविधि तथा साइबर जोखिम व्यवस्थापनका उपायहरूबारे समेत प्रस्तुति दिइएको आयोजक कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार छलफलले एकीकृत सूचना प्रविधि पूर्वाधार, एआईमा आधारित प्रणाली तथा आधुनिक साइबर सुरक्षा रणनीति वित्तीय संस्थाका लागि अपरिहार्य बन्दै गएको निष्कर्ष निकालेका थियो । यस्ता प्रविधिले संस्थाहरूलाई सुरक्षित, नियमअनुरूप र प्रतिस्पर्धी बन्न सहयोग गर्ने वक्ताहरूले आफ्नो प्रस्तुतिको क्रममा बताएका थिए।
आईटी ग्लोबल प्रालि नेपालमा डेल टेक्नोलोजीज आधिकारिक वितरक हो । कम्पनीले ल्यापटप, डेस्कटप, मोनिटर, सर्भर, स्टोरेज तथा अन्य इन्टरप्राइजेज पूर्वाधार समाधान उपलब्ध गराउँदै आएको छ । डेल टेक्नोलोजिजसँगको सहकार्यमा कम्पनीले नेपालका विभिन्न संस्थाहरूलाई आधुनिक, सुरक्षित तथा विस्तारयोग्य सूचना प्रविधि वातावरण निर्माणमा सहयोग गर्दै आएको जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ४, २०८३ १६:४२
