close

१ लाख २० हजार फिट माथि आकाशमा आईसीसी वर्ल्डकपको ट्रफी

टेकपाना टेकपाना

असार १२, २०८० १०:५८

१ लाख २० हजार फिट माथि आकाशमा आईसीसी वर्ल्डकपको ट्रफी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आईसीसी मेन्स क्रिकेट वर्ल्ड कम २०२३ (ICC Men's Cricket World Cup 2023) को ट्रफी टुरको सुरुवात अन्तरिक्षबाट गरेको छ ।

परिषद्ले ट्रफीको विश्व भ्रमणको सुरुवात पृथ्वीबाट १ लाख २० हजार फिट माथिबाट सुरु गरेको हो । परिषद्ले उक्त ट्रफीलाई स्ट्र्याटोस्फियरिक बलुनमा राखेर आकाशमा पठाएको थियो ।

हाइ अल्टिट्युडमा उड्न सक्ने क्षमता भएको बलुनलाई स्ट्र्याटोस्फियरिक बलुन भनिन्छ जसलाई स्ट्रयाटोस्पियर (पृथ्वीको वायुमण्डलको दोस्रो तह) मा पठाइने गरिन्छ । 

उक्त ट्रफीको तस्वीर र भिडिओ फोरके क्यामेराबाट लिइएको परिषद्ले जनाएको छ । सेन्ट इन्टु स्पेस  नामक  कम्पनीले ट्रफीको प्रक्षेपण गरेको हो ।

सोमबार प्रक्षेपण गरिएको उक्त ट्रफी भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा अवतरण गराइएको परिषद्ले जनाएको छ । 

खेलको इतिहासमा कुनै प्रतिस्पर्धाको उपाधि पृथ्वी बाहिर पठाइएको यो पहिलो पटक हो । 

पछिल्लो अध्यावधिक: असार १२, २०८० ११:१९