close

आफ्ना अध्यक्ष विरुद्ध साइबर ब्युरोको उजुरी माफी माग्दै फिर्ता लिन गृहमन्त्रीलाई एमाले निकट पत्रकारको चेतावनी

टेकपाना टेकपाना

साउन ५, २०८० ११:३५

आफ्ना अध्यक्ष विरुद्ध साइबर ब्युरोको उजुरी माफी माग्दै फिर्ता लिन गृहमन्त्रीलाई एमाले निकट पत्रकारको चेतावनी

काठमाडौं । नेकपा-एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारीले आफ्ना अध्यक्ष विरुद्ध साइबर ब्यूरोमा दिएको उजुरी फिर्ता लिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चेतावनी दिएको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको तर्फबाट शुक्रबार महासचिव आश गुरुङले एक विज्ञप्ति प्रकाशित गर्दै उजुरी फिर्ता लिएर माफी माग्न चेतावनी दिएका हुन् ।

त्रिभुवन विमानस्थल हुँदै बुधबार तस्करी भएको १५५ केजी सुन काण्डमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम मुछेको भन्दै प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत विरुद्ध बिहीबार साइबर ब्यूरोमा उजुरी परेको थियो ।

मन्त्री श्रेष्ठको मन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए । फेसबुकमा एक पोस्ट गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'सुन पास गराएको' भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गरेको आरोप बस्नेतमाथि लगाइएको थियो ।

"गृहमन्त्रीको सचिवालयबाट भएको यो काम नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको समेत विरुद्ध छ," प्रेस चौतारीको विज्ञप्तिमा दाबीका साथ भनिएको छ, "सत्ता उन्मादमा आएर आफूमाथि कसैलाई प्रश्न उठाउन नदिने योजनाका साथ चालिएको यो काम तत्काल फिर्ता लिएर माफी माग्न हामी गृहमन्त्रीलाई आग्रह गर्दछौं ।"

आफ्नो सङ्गठनका अध्यक्षलाई फसाउन षड्यन्त्र रचिएको आरोप लगाउँदै प्रेस चौतारीले उत्पन्न हुने परिणामप्रति गृहमन्त्री नै जिम्मेवार हुने चेतावनी समेत दिन चाहन्छौं ।"

पछिल्लो अध्यावधिक: साउन ५, २०८० ११:३५