close

ट्वीटरको एन्ड्रोइड एपबाट पनि हट्यो चरो, अब ३ घण्टासम्मको भिडिओ अपलोड गर्न सकिने

टेकपाना टेकपाना

साउन ११, २०८० १३:३६

ट्वीटरको एन्ड्रोइड एपबाट पनि हट्यो चरो, अब ३ घण्टासम्मको भिडिओ अपलोड गर्न सकिने

काठमाडौं । ट्वीटरले आफ्नो एन्ड्रोइड एपलाई चरोबाट 'एक्स' लोगोमा परिवर्तन गरेको छ । हालै एपमा नयाँ अपडेट ल्याउँदै कम्पनीले एक्स लोगो आधिकारिक रूपमा राखेको हो । 

कम्पनीले कालो ब्याकग्राउन्ड र 'X' लोगो भएको एपको स्क्रिनशटसहितको गुगल प्ले स्टाेरमा एप अपडेट गरेको छ । कम्पनीले गुगल प्ले स्टोरमा एपको विवरण र ब्रान्डिङमा पनि परिवर्तन गरेको छ ।

नयाँ एपले प्रयोगकर्ताहरूलाई ३ घण्टासम्मको भिडियो अपलोड गर्न र हेर्न अनुमति दिने बताइएको छ । तर ट्वीटर ब्लू सपोर्ट पेजमा भने सब्सक्राइबरले दुई घण्टासम्मकाे लामो भिडिओ बनाउन सक्ने उल्लेख छ । 

यसअघि वेब संस्करणमा नाम, लोगो परिवर्तन हुनुका साथै आधिकारिक ह्यान्डलहरू 'एक्स'मा ब्रान्डिङ भइसकेका छन् । यता ट्वीटर लाइट एपमा भने अझै ट्वीटर ब्रान्डिङ देख्न । यसको लाइट एप अन्तिम पटक मे २०२१ मा अपडेट गरिएको थियो ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८० १३:४३