close

बेलायती विश्वविद्यालयको अध्ययन भ्रमणबाट फर्किए सफ्टवेरिका कलेजका १० विद्यार्थी

टेकपाना टेकपाना

कात्तिक २०, २०८० १३:३०

बेलायती विश्वविद्यालयको अध्ययन भ्रमणबाट फर्किए सफ्टवेरिका कलेजका १० विद्यार्थी

 

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सका १० जना विद्यार्थी बेलायतको कोभेन्ट्री विश्वविद्यालयको अध्ययन भ्रमण सकेर नेपाल फर्किएका छन् । कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा हरेक वर्ष हुने कोभेन्ट्री इमर्सन कार्यक्रममा सहभागी भएर कलेजका विद्यार्थी फिर्ता भएका हुन् । 

यो वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा प्रणालीको प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको कलेजले जनाएको छ । कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमणसँगै त्यहाँका कक्षामा सहभागी हुने र विभिन्न गतिविधिमा भाग लिने मौका समेत पाएका थिए । 

विद्यार्थीका साथै अध्ययन भ्रमणमा सफ्टवेरिका कलेजको व्यवस्थापन टोलीको पनि सहभागिता रहेको थियो । “यसले हाम्रा कार्यक्रमको गुणस्तर र विद्यार्थी प्रतिको प्रतिबद्धतालाई देखाउँछ,” कलेजले भनेको छ, “यो भ्रमणको क्रममा विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र लन्डन र स्कटल्याण्डका विभिन्न आकर्षक पर्यटकीय तथा प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरू घुम्ने मौका पाए ।”

सफ्टवेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलका अनुसार कलेजले आफ्ना विद्यार्थीहरूलाई यस किसिमको कार्यक्रमले विद्यार्थीको बौद्धिक विकासमा निकै महत्त्वपूर्ण खेल्नेछ । कलेजले आउँदा वर्षहरूमा पनि यस्ता विश्वव्यापी कार्यक्रमलाई निरन्तरता दिने क्याम्पस प्रमुख पौडेलको भनाई छ । 

नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको कलेजले नै विद्यार्थीको भ्रमणका लागि आवश्यक हवाई भाडा र आवास खर्च उपलब्ध गराएको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८० १३:३०