close

सामाजिक सञ्जालमा गौशाला २६ को पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित

टेकपाना टेकपाना

पुस २६, २०८० १४:१९

सामाजिक सञ्जालमा गौशाला २६ को पहिचान खुलाउने रास्वपा कार्यकर्ता निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गौशाला २६ को फोटो सार्वजनिक गर्ने आफ्ना एक सदस्यलाई निलम्बन गरेको छ ।

बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जाल एक्समा फोटो राख्ने रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई ​पार्टीले ​बिहीवार पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।

रास्वपाले विज्ञप्ति प्रकाशित गर्दै सापकोटालाई निलम्बन गरेको जानकारी दिएको छ ।

“सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,” विज्ञप्तिमा भनिएको छ, “सापकोटाले गौशला-२६ (परिवर्तित नाम)को तस्वीर सामाजिक सञ्जाल (X) मा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए ।”

 

पछिल्लो अध्यावधिक: पुस २६, २०८० १५:१२