close

नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट

टेकपाना टेकपाना

चैत २, २०८० १०:४३

फाइल तस्वीर फाइल तस्वीर

काठमाडौं । नेपाल टेलिकमको टावरमा प्रेसर कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान अज्ञात समूहले सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका १ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा बम विस्फोट गराएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख एवम् प्रहरी उपरीक्षक विनोद शर्माले बिहान अन्दाजी दुई बजे प्रेसर कुकरभित्र पेट्रोल राखेर अज्ञात समूहले विस्फोट गराएको बताए । एसपी शर्माका अनुसार बिहान केही पड्किएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगतै जिप्रका सिन्धुलीबाट प्रहरीको विशेष टोली खटिएको थियो ।

“घटनाको अवस्था हेर्दा तर्साउनका लागि विस्फोट गराएको देखिन्छ,” टेकपानासँग कुरा गर्दै एसपी शर्माले भने, “केही स्वार्थ थियो होला त्यसैका लागि तर्साउन कुकरमा पेट्रोल राखेर पड्काएको देखिन्छ ।” 

एसपी शर्माका अनुसार टेलिकममा त्यस्तो कुनै क्षति भएको छैन । “पड्काउने मान्छे हामीले पहिचान गरिसक्यौं,” एसपी शर्माले थपे, “अब पक्राउ गर्ने तयारी गरिरहेका छौं ।”

 

पछिल्लो अध्यावधिक: चैत २, २०८० १०:४७