close

एआई तालिम दिन गुगल डेभलपर ग्रुपको वर्कशप हुँदै, कसरी हुने सहभागी ?

टेकपाना टेकपाना

बैशाख ३, २०८१ १३:१३

एआई तालिम दिन गुगल डेभलपर ग्रुपको वर्कशप हुँदै, कसरी हुने सहभागी ?

काठमाडौं । गुगल डेभलपर ग्रुप (जीडीजी) काठमाडौंले आउँदो ८ वैशाखमा ‘बिल्ड विथ एआई’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । एफवन सफ्टको मुख्यालयमा उक्त एआई सम्बन्धी प्राविधिक कार्यशाला हुने भएको हो ।

कार्यशालाको उद्देश्य क्रियाशील डेभलपरहरूलाई गुगलका उत्पादन र जेन एआई ट्रेन्ड सम्बन्धी सीप सिकाउनु र लागु गर्न सहयोग पुर्‍याउनु रहेको छ । जसअन्तर्गत डेभलपरले जेमिनाई एपीआई, गुगल एआई स्टुडियो, मल्टिमोडल आरएजी, भर्टेक्स एआई लगायतका विषयमा सिक्न पाउने छन् । 

कार्यशालामा क्षितिज रिमाल र राजु दवाडीले तालिम दिने छन् । नेक्स्ट एआईका संस्थापक तथा सीईओ रिमाल डेटा वैज्ञानिक र मसिन लर्निङमा गुगल डेभलपर एक्सपर्ट (जीडीई) समेत हुन् । दवाडी भने क्लाउडमा जीडीई हुन् । साथै उनीसँग डेभअप्स र सिस्टम इन्जिनियरिङको राम्रो अनुभव छ । 

नि:शुल्क रहेको यो वर्कशप (कार्यशाला) एआई सम्बन्धी काम गर्न खोजिरहेका डेभलपरका लागि निकै उपयोगी हुने बताइएको छ । यस अर्थमा तपाईंसँग यस क्षेत्रको केही ज्ञान/सीप छ भने यो कार्यक्रम अझ उपयोगी हुने जनाइएको छ ।

यदि तपाईं यो कार्यशालामा सहभागी हुन चाहनु हुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुपर्ने हुन्छ । युट्युबमा समेत लाइभ गरिने कार्यशाला यहाँ क्लिक गरी हेर्न सक्नु हुन्छ । साथै कार्यशालाको प्रि-इभेन्ट कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् र गुगल डेभलपर ग्रुप काठमाडौंबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

कार्यशालामा सहभागी हुनु अघि सहजताका लागि निम्न स्रोत प्रयोग गर्न सकिनेछ;


 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८१ १३:१३