काठमाडौं । सामाजिक सञ्जालको कुराकानीलाई अझ सार्थक बनाउन इमोजीहरूले ठूलै भूमिका खेलेका छन् । अहिले इन्टरनेटमा सयौं सङ्ख्यामा इमोजी उपलब्ध छन् । कुनै विचार वा भावना व्यक्त गर्न प्रयोग गरिने सानो आकारको डिजिटल चित्रलाई इमोजी भनेर बुझ्ने गरिन्छ ।
विश्वकाका विभिन्न भाषालाई कम्प्युटरले बुझ्ने गरी मापदण्ड तयार पार्ने युनिकोड कन्सोर्टियमले हालै नयाँ इमोजीहरूको नमूना सार्वजनिक गरेको छ । युनिकोड कन्सोर्टियम एउटा त्यस्तो एउटा गैरनाफामूलक संस्था हो, जसले फोनमा कुनकुन इमोजी राख्ने भन्ने निर्णय गर्छ ।
युनिकोड कन्सोर्टियमले आफ्नो वेबसाइटमा उपलब्ध गराएको जानकारी अनुसार सात इमोजी र एउटा झण्डा सार्वजनिक हुने क्रममा रहेका छन् । यदि यी नयाँ इमोजीको स्वीकृत भए आईओएस र एन्ड्रोइडका नयाँ संस्करणमा उपलब्ध गराइने छ । तिनमा फिंगरप्रिन्ट, पातविहीन रुख, साबेल लगायत छन् ।