close

विश्वभर एआई तालिम दिन १६ अर्ब बढीको कोष स्थापना गर्ने गुगलको घोषणा

टेकपाना टेकपाना

असोज ६, २०८१ १३:२८

विश्वभर एआई तालिम दिन १६ अर्ब बढीको कोष स्थापना गर्ने गुगलको घोषणा

काठमाडौं । गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईंले एआई शिक्षाका लागि १२० मिलियन डलर (करिब १६ अर्ब रुपैयाँ) बराबरको कोष स्थापना गर्ने घोषणा गरेका छन् । शनिवार राष्ट्रसंघको 'सस्टेनेबल फ्युचर समिट'मा बोल्दै उनले विश्वभरको एआई शिक्षा र तालिमका लागि सो कोष स्थापना गर्ने बताएका हुन् ।

सो अवसरमा पिचाईंले एआईलाई सबैभन्दा परिवर्तनकारी प्रविधिको रूपमा चित्रण गरेका थिए । साथै मानिसहरूलाई आफ्नै भाषामा सूचना दिन सहयोग पुर्‍याउने, वैज्ञानिक खोजलाई तीव्रता दिने, जलवायु विपद्का बारेमा चेतावनी/ट्र्याकिङ गर्न सघाउने र आर्थिक प्रगतिको इन्धन बन्ने गरी एआईले अवसर प्रदान गरिरहेको उनले सुनाए । 

त्यस्तै पिचाईंले विश्वव्यापी रूपमा ‘एआई डिभाइड’ रोक्न आवश्यक रहेको पनि उल्लेख गरे ।

 

पछिल्लो अध्यावधिक: असोज ६, २०८१ १३:२८