close

विपद्को बेला काम लाग्ने महत्त्वपूर्ण फोन नम्बरहरू

टेकपाना टेकपाना

असोज १२, २०८१ १४:४

विपद्को बेला काम लाग्ने महत्त्वपूर्ण फोन नम्बरहरू

काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभाग प्रभावित भएका छन् । ​हालसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भइसकेको छ । 

निरन्तरको वर्षाले धेरै घर र सडक डुबानमा परेका छन् भने जनजीवनका दैनिक गतिविधिहरू ठप्प भएका छन् । खानेपानीको निकासीदेखि विद्युत् सेवा र सामान्य जनजीवनमा ठूलो अवरोध आएको छ ।

यस्तो अवस्थामा विभिन्न सरकारी निकायले उपलब्ध गराउने नम्बर उपयोगी हुन सक्छ, जहाँ कल गरेर तपाईंले विभिन्न सूचना लिन सक्नुहुन्छ ।

उपयोगी नम्बरहरू

नेपाल प्रहरी: १००

ट्राफिक प्रहरी:१०३

सशस्त्र प्रहरी बल : १११४

प्रहरी आपतकालीन नम्बर: ०१-४२२८४३५

​प्रहरी हटलाइन: ​९८५१२८३८३५

​एम्बुलेन्स: १०२

महानगरीय परिसर, काठमाडौं: ४२६१९४५ /४२६१७९०

महानगरीय परिसर, ललितपुर: ५५२१२०७

महानगरीय परिसर, भक्तपुर: ६६१४८२१

काठमाडौं महानगरपालिकाको हटलाइन: १६६००१०५५११, ११८०

काठमाडौं महानगर प्रहरी बलको हटलाइन: ९८५१३५६५०९

बाढीको अवस्थाबारे जानकारी लिन: ११५५

विपद् सम्बन्धी सूचना र जानकारी लिन: ११४९ 

नेपाल रेडक्रस ब्लड बैंक, भृकुटीमण्डप: ०१४२२९३४४ / ०१४४२५३४४

यसबाहेक टेलिकम कम्पनीहरूले एसएमएसमार्फत बाढी तथा पहिरोको जानकारी दिने गर्छन् । त्यस्तै विभिन्न स्थानीय तहले समेत त्यस्ता सम्पर्क नम्बर बनाएका हुन्छन् । तिनबारे तपाईंले आफ्नो पालिकामा सोध्न सक्नुहुन्छ ।

यसका साथै सरकारी वेबसाइटहरू हाइड्रोलोजीविपद पोर्टल पनि उपयोगी हुन्छन् । जहाँ तपाईंले वर्षा, बाढी, पहिलो लगायतका विपदबारे थाहा पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८१ १८:५२