close

स्विट्जरल्यान्ड जाँदै सञ्चारमन्त्री गुरुङ

टेकपाना टेकपाना

असार ४, २०८२ २०:२३

स्विट्जरल्यान्ड जाँदै सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्विसुब्बा गुरुङ स्विट्जरल्यान्ड जाने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री गुरुङको स्विट्जरल्यान्ड भ्रमण स्वीकृत गरेको हो ।

मन्त्रीपरिषद्‌को निर्णय अनुसार यही असार २३ देखि २७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा सञ्चालन हुने एक कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

त्यस क्रममा मन्त्री गुरुङले वर्ल्ड समिट अन द इन्फरमेसन सोसाइटी (WSIS)+20 फोरम हाई लेभल इभेन्ट तथा एआई फर गुड ग्लोबल समिट २०२५ मा भाग लिनेछन् । 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:२३