close

चल्न थाल्यो बिहानैदेखि एकाएक बिग्रिएको एनआईसी एसियाको मोबाइल बैङ्किङ

टेकपाना टेकपाना

साउन १, २०८२ ११:२

चल्न थाल्यो बिहानैदेखि एकाएक बिग्रिएको एनआईसी एसियाको मोबाइल बैङ्किङ

काठमाडौँ । एनआईसी एसिया बैँकको मोबाइल बैङ्किङ 'मो बैँक' मा देखिएको समस्या समाधान भएको छ । बिहीबार बिहानैदेखि बैँकको सिस्टममा समस्या आउँदा ग्राहक मर्कामा परेका थिए ।

मोबाइल बैङ्किङ सेवामा समस्या आउँदा ब्यालेन्स नदेखिने, रकम ट्रान्सफर गर्न नमिल्नेदेखि क्यूआर कोड स्क्यान समेत नहुने जस्ता समस्याहरू ग्राहकले भोग्नुपरेको थियो । बैँकले केही समय अघि एक सूचना जारी गर्दै हाल सबै सेवाहरू नियमित रूपमा सञ्चालनमा आइसकेको जानकारी दिएको हो । 

 

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १३:३६