close

तत्काल आफ्नो बैँक अकाउन्टमा ईमेल एड्रेस अपडेट गर्न ग्राहकलाई एनआईसी एसिया बैँकको आग्रह

टेकपाना टेकपाना

असोज २६, २०८२ १७:९

तत्काल आफ्नो बैँक अकाउन्टमा ईमेल एड्रेस अपडेट गर्न ग्राहकलाई एनआईसी एसिया बैँकको आग्रह

काठमाडौँ । एनआईसी एसिया बैँकले आफ्ना ग्राहकलाई ईमेल एड्रेस अपडेट गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै बैँकले आफ्ना लाखौँ ग्राहकलाई यस्तो अनुरोध गरेको हो । 

बैँकका ग्राहकको सहजताका लागि मोबाइल बैँकिङ एपबाटै ईमेल अपडेट गर्न सकिने व्यवस्था मिलाइएको छ । बैँकको वेबसाइटमा रहेको भिडिओ केवाईसी वा मोबाइल बैङ्किङ एप(NIC ASIA MoBank)  मा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज ईमेल विकल्प छनौट गरी आफ्नो ईमेल एड्रेस अद्यावधिक गर्न सकिनेछ । 

साथै आफूलाई पायक पर्ने बैँकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल एड्रेस अद्यावधिक गर्नका लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको जनाइएको छ । 

ईमेल एड्रेस अद्यावधिक नभएको खण्डमा बैँकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०-०१-७७७७१ अथवा ०१-५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।

 

पछिल्लो अध्यावधिक: असोज २६, २०८२ १७:३५