close

मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमा ‘सेल्फ-रिन्यु’ सहितका नयाँ सुविधा थप

टेकपाना टेकपाना

जेठ १२, २०८३ २३:५५

मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमा ‘सेल्फ-रिन्यु’ सहितका नयाँ सुविधा थप

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘मुक्तिनाथ फाइदा एप’ मा सेल्फ-रिन्यु अर्थात् आफैँ नवीकरण गर्न सकिने लगायतका नयाँ सुविधा थप गरेको छ । यस सुविधाको सुरुवातसँगै अब ग्राहकलाई मोबाइल बैंकिङ सेवा नवीकरण गर्न बैंकको शाखासम्म धाउनुपर्ने झन्झट हटेको बैंकले जनाएको छ ।

अब ग्राहकले घरमै बसेर वा आफ्नो अनुकूलता अनुसार बैंकको मोबाइल बैंकिङ सेवा नवीकरण गर्न सक्नेछन् । त्यसका लागि एपमा लगइन गरेपछि देखिने एक्स्पाइरी पप-अप (म्याद समाप्त भएको जानकारी) मा गई ‘Renew Now’ मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि नवीकरण शुल्कसम्बन्धी विवरण हेरी ‘Continue’ थिचेर आफ्नो ट्रान्जेक्सन पिन राखेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था मिलाइएको छ । यसका साथै, बैंकले ‘फाइदा एप’ मार्फत नै ग्राहकले बैंक नगई आफ्नो राष्ट्रिय परिचयपत्र, प्यान र ईमेल ठेगाना समेत अपडेट गर्न सक्ने सुविधा ल्याएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ २३:५५