एनसेलको ‘शेक एन्ड विन’ अफर: एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै उपहार पाइने
साउन १, २०८३ १४:४८
काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर ल्याएको छ । एनसेलका अनुसार यो अफरमा ग्राहकले आफ्नो मोबाइल फोनमा रहेको एनसेल एप खोलेर मोबाइल फोन हल्लाउँदा तुरुन्तै आकर्षक सरप्राइज उपहार पाउन सक्नेछन् ।
एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले यो अफर ल्याइएको एनसेलले जनाएको छ । यो अफरमा निःशुल्क सहभागी हुन सकिनेछ । यसअन्तर्गत ग्राहकले पार्टनर्ड सर्भिसेजमा विशेष अफर, छुट कुपन, डेटा प्याक तथा अन्य विभिन्न फाइदाहरू उपहारका रुपमा प्राप्त गर्न सक्छन् । प्रत्येक चौबिस घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक नयाँ सरप्राइज उपहार पाइने कम्पनीले जनाएको छ ।
उपहारमा निःशुल्क अनलिमिटेड नाइट डेटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रडक्टहरू तथा यात्रा एवं साहसिक गतिविधिहरूमा विशेष छुट लगायत रहेका छन् ।
‘शेक एन्ड विन’ गेमिफाइड सुविधाले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा डिजिटल सेवा प्रयोग गर्न प्रेरित गर्ने एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले बताएका छन् । एनसेलका अनुसार अफरमार्फत कम्पनीले डिजिटल सेवाको प्रयोग बढाउने, एनसेल एपसँग ग्राहकको संलग्नता अभिवृद्धि गर्ने तथा एपमार्फत उपलब्ध विभिन्न सेवाहरूको सहज उपयोगमा प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो अध्यावधिक: साउन १, २०८३ १४:५४
