नेपालबाटै विश्व बजारका उत्पादन मगाउन मिल्ने ईकमर्स ‘जिट्रेडिया’ सार्वजनिक
साउन ११, २०८३ १६:३९
काठमाडौं । नेपाली ग्राहक र व्यवसायीहरूलाई विश्वभरका लाखौँ उत्पादनहरूमा प्रत्यक्ष पहुँच पुर्याउने लक्ष्यका साथ नयाँ ईकमर्स प्लेटफर्म ‘जिट्रेडिया’ (gtradea.com) सञ्चालनमा आएको छ । ‘बियोन्ड बोर्डर्स’ अर्थात् सीमाभन्दा बाहिर भन्ने मुख्य नारा बोकेको यो प्लेटफर्मले नेपाली उपभोक्तालाई सिधै अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलासँग जोड्ने सुविधा प्रस्तुत गरेको छ ।
‘जिट्रेडिया’ मार्फत नेपालीहरूले विश्व बजारमा उपलब्ध सामग्रीहरू घरमै बसेर सजिलै खरिद गर्न सक्ने कम्पनीको दाबी छ । कम्पनीले गुणस्तरीय सामानहरूलाई प्रतिस्पर्धी र किफायती मूल्यमा उपलब्ध गराउँदै अनलाइन किनमेललाई थप व्यवस्थित र भरपर्दो बनाउने उद्देश्य राखेको छ ।
विशेषगरी विदेशबाट सामान मगाउँदा हुने आर्थिक जोखिम र झन्झटलाई मध्यनजर गर्दै कम्पनीले सामानको बीमाको व्यवस्था गरेको छ । “ढुवानीका क्रममा सामान हराउने वा बिग्रिने डर हुँदैन र ग्राहकको लगानी सुरक्षित रहन्छ,” कम्पनीले भनेको छ, “भुक्तानी प्रक्रियालाई सरल बनाउन ग्राहकले आफ्नो रोजाइको जुनसुकै बैंकबाट सोझै रकम भुक्तानी गर्न सक्ने आधुनिक प्रविधिको प्रयोग गरिएको छ ।”
यस प्लेटफर्ममा असीमित ग्लोबल सर्च (Endless Global Search) सुविधा छ । जसले गर्दा ग्राहकले संसारभरका लाखौँ सामग्रीहरू खोज्न र अर्डर गर्न सक्छन् ।
कम्पनीले सुरक्षित र झन्झटमुक्त डेलिभरीको प्रतिबद्धता जनाउँदै ग्राहकले अर्डर गरेका सामानहरू सुरक्षित रूपमा उनीहरूको घरदैलोमै पुर्याउने व्यवस्था मिलाएको छ । यसका साथै, यो प्लेटफर्मले नेपाली साना तथा ठुला व्यवसायीहरूलाई पनि विश्वव्यापी बजारसँग जोडेर उनीहरूको व्यवसाय विस्तारमा मद्दत पुर्याउने लक्ष्य लिएको छ ।
जिट्रेडिया डट कममा विभिन्न विधाका सामग्री उपलब्ध छन् । जसमा मुख्यतया महिला, पुरुष र बालबालिकाका लागि फेसन र कपडाहरू, बालबालिकाका लागि शैक्षिक तथा मनोरञ्जनात्मक खेलौनाहरू र सौन्दर्य तथा व्यक्तिगत हेरचाहका सामग्री छन् ।
त्यस्तै, आधुनिक इलेक्ट्रोनिक्स ग्याजेटहरू र घर तथा भान्साका लागि आवश्यक पर्ने घरायसी सामग्रीहरू पनि यस प्लेटफर्ममा उपलब्ध छन् ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ १७:४३
