close

आईफोनले सपोर्ट गरेन टेलिकमको ८०० मेगाहर्ज ब्याण्डको फोरजी

टेकपाना टेकपाना

चैत ४, २०७६ १८:३४

आईफोनले सपोर्ट गरेन टेलिकमको ८०० मेगाहर्ज ब्याण्डको फोरजी

काठमाडौं । नेपाल टेलिकमले १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्याण्डको रेडियो तरंग अर्थात फ्रिक्वेन्सीमार्फत देशभर फोरजी सेवा विस्तार गरिरहेको छ । त्यसमध्ये ८०० मेगाहर्जमा कम्पनीले दिइरहेको फोरजी सेवा भने आईफोनमा नचल्ने समस्या देखिएको छ ।

टेलिकमका अनुसार १८०० मेगाहर्जमा कुनै समस्या छैन । तर, ८०० मेगाहर्जबाट आइफोनमा फोरजी नचल्ने समस्या देखिए पछि टेलिकमले एप्पल कम्पनीलाई निवेदन समेत दिइसकेको जनाएको छ ।

‘यसअघि पनि टेलिकमले विस्तार गरेको फोरजीमा यस्तै समस्या देखिएको थियो,’ टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले टेकपानासँग भने, ‘टेलिकमले पहिलो पटक फोरजी सेवा सुरु गर्दा आईफोनमा नचल्ने समस्या देखिए पछि एप्पललाई निवेदन दिएर समस्या समाधान गरिएको थियो ।’ यो समस्या पनि छिट्टै हल हुने भण्डारीले व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१