close

टेलिकमको गणतन्त्र दिवस अनलिमिटेड अफर, रु. ६९९ मा ३०० जीबी र रु. ४९९ मा १५० जीबी डेटा

टेकपाना टेकपाना

जेठ १३, २०८३ २३:४१

टेलिकमको गणतन्त्र दिवस अनलिमिटेड अफर, रु. ६९९ मा ३०० जीबी र रु. ४९९ मा १५० जीबी डेटा

काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ । अफरअन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्राे गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन् ।

अनलिमिटेड लाइट अन्तर्गत रु. ४९९ मा प्रतिदिन ५ जीबी डाटा उपलब्ध हुनेछ र ५ जीबीको लिमिट पुरा भए पछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ ।

त्यसैगरी प्राे प्याकर्गत रु. ६९९ मा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुनेछ भने १० जीबीको लिमिट पूरा भएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ ।

दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ । भोलि (१४ जेठ) देखि आगामी १६ जेठसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने कम्पनीले जनाएको छ ।

गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्न मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म *1415*11# डायल गर्नुपर्ने छ । त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८३ ८:४८