close

बालबालिकाका लागि उपयुक्त शिक्षाप्रद १३ भिडिओ गेम

टेकपाना टेकपाना

कात्तिक २६, २०७८ १३:५७

बालबालिकाका लागि उपयुक्त शिक्षाप्रद १३ भिडिओ गेम

काठमाडौं । प्रविधिको विकाससँगै ग्याजेटहरूको प्रयोग सामान्य भइसक्यो । नयाँ पुस्ताको बालबालिकाहरू झन् सानैदेखि ग्याजेटहरूमा नै अभ्यस्त छन् । त्यसमाथि कोरोना भाइरसको संक्रमणले गर्दा ठूला मान्छेहरू नै डिजिटल रुपमा घरमै बसेर काम गर्ने, पढ्ने तथा मनोरञ्जन लिने भएका छन् भने साना बालबालिका नहुने त कुरै भएन ।

केहि महिना यता जनजिवन विस्तारै सामान्य बन्दैछ र धेरैजसो शैक्षिक संस्थाहरू पनि खुलिसकेको छ । यद्यपि तपाईंको छोराछोरी पनि मोबाइल अथवा कम्प्युटरमा गेम खेलेर बढि समय बिताएको देखेर तपाईं चिन्तित हुनुहुन्छ भने खेल सँगै ज्ञान हासिल गर्न सकिने विभिन्न डिजिटल खेलहरू उपलब्ध छन् जसको प्रयोग गरेर बालबालिकालाई खेल सँगै पढाउन पनि सकिन्छ । 

माइनक्राफ्ट (Minecraft)

साना बालबालिका मात्र ‘माइनक्राफ्ट’ गेमको त ठूला मान्छेहरू पनि प्रशंसक छन् । धेरैजनाको बिचमा यो गेम लोकप्रिय छ । यो गेमले बालबालिकालाई सिर्जनात्मक हुन, पढ्न, मिलेर काम गर्न लगायत गणितको ज्ञान पनि दिनसक्छ । माइनक्राफ्ट गेममा बालबालिकाले ब्लकहरू प्रयोग गरेर घरहरू बनाउन सक्छन् र विभिन्न स्रोतहरू जम्मा गर्न सकिन्छ भने विभिन्न औजारहरू प्रयोग गरेर घरहरू बनाउन सक्छन् । यसमा विभिन्न सर्भाइभल, क्रियटिभ, एड्भेन्चर, मल्टिप्लेयर लगायतका मोडहरू छन् । माइनक्राफ्टले बालबालिकालाई समूहमा काम गर्न र गणित पढ्न र सुधार गर्न मद्दत गर्छ । यो गेम मोबाइल र डेस्कटप दुवैमा खेल्न सकिन्छ । 

दि ओरगन ट्रेल  (The Oregon Trail )

यो कम्प्युटरमा खेल्न मिल्ने एउट खेल हो जसमार्फत बालबालिकाले एेतिहासिक घटनाहरूको बारेमा थाहा पाउने मौका पाउँछन् भने उनीहरूमा समस्या सामाधान गर्नको लागि तार्किक रुपमा सिक्न मिल्ने क्षमताको विकास गर्न पनि मद्दत पुग्छ । यस गेममा सन् १९७० तिरको समयको बाटो हुन्छ सोही बाटो हुदैँ बालबालिकाले विभिन्न सामानहरू खरिद र बिक्री गर्न सक्छन् । त्यस्तैगरी आफ्नो सर्भाइभलको लागि औषधी र खानेकुरा खरिद गर्न सक्छन् । यात्राको क्रममा सँगै खेलिरहेको समूह बिरामी हुने, खोला तर्नुपर्ने, खाना कम हुने लगायतका विभिन्न अप्ठेरोहरू आउँछन् जसलाई लामो समयसम्म सर्भाइभ गर्नको लागि योजना बनाएर पार गर्नुपर्ने हुन्छ । यो गेम विशेषगरी बालबालिकारहरूले विगतको समयको बारेमा सिकुन भनेर बनाइएको गेम हो । 

वर्डस्केप (Wordscape)

बालबालिकाहरूको शब्द ज्ञान बढाउनको लागि मद्दत गर्ने एउटा खेल हो वर्डस्केप । बालबालिका मात्र होइन ठूला मान्छेहरूको बिचमा पनि यो गेम निकै नै लोकप्रिय छ । बालबालिकाहरूलाई नयाँ शब्द सिक्नको लागि यो गेम एकदमै उपयुक्त हुनुहुन्छ । यसमा शब्दसँग सम्बन्धित विभिन्न क्रसवर्ड पजलहरू हुन्छन् जसमा शब्दहरू गेस गरेर पजल मिलाउनु पर्नेहुन्छ। यसरी सजिलोबाट गाह्रो सम्मको विभिन्न लेभलहरू पार गर्नुपर्नेहुन्छ । यो गेम एन्ड्रोइड र आईओएस दुवैमा खेल्न सकिन्छ । 

दि लिटल बिग प्लानेट (The little Big planet) 

दि लिटल बिग प्लानेट अवार्ड विजेता भिडियोगेम हो जसमा बालबालिकाहरूले विभिन्न डिजाइनको बारेमा, समस्याहरू सुल्झाउने विषयमा लगायत स्पासियल ओरियन्टेशनहरू सिक्ने मौका पाउछन् । यो गेम स्याकबोइ र उनका साथीहरूको साहसिक यात्रामा आधारित छ जसमा यात्राको क्रममा आउने विभिन्न अप्ठ्याराहरू पार गर्नुपर्नेहुन्छ । यसमा प्लेयर आफैले आफ्नो लेभल क्रियट गर्न र गेमको क्यारेक्टहरू कस्टमाइज गर्न सकिन्छ । यो गेम पिएसपी, प्लेस्टेशन ४, प्लेस्टेशन भिटा र प्लेस्टेशन ३ लगायतमा खेल्न सकिन्छ । 

पोर्टल (Portal)

पोर्टल पनि पजलसँगै सम्बन्धित खेल हो जसमा फिजिक्स, गणित, विज्ञान लगायत विषयहरूको बारेमा ज्ञान दिन सहयोग गर्छ । यो अलिकति गाह्रो हुने भएको भएर ९ वर्ष भन्दा माथिका बालबालिकाहरूको लागि अलि बढि उपयुक्त मानिन्छ । यस गेममा प्लेयरले एउटा कुनै ठाउँबाट अर्को ठाउँमा जानको लागि दिइएको अडियो इन्स्ट्रक्सन बुझेर पजल सल्भ गर्दै जानुपर्छ । यो गेम डेस्कटपमा मात्र खेल्न मिल्छ । 

कर्बल स्पेस प्रोग्राम (Kerbal Space Program) 

कर्बल स्पेस प्रोग्राममा पनि बालबालिकाले फिजिक्स, गणित, यरोस्पेस इन्जिनियरिङ तथा सोलार सिस्टमको बारेमा जान्न र बुझ्न सक्छन् । अन्तरिक्ष, अन्तरिक्षयान अथवा अन्तरिक्षयात्रीको बारेमा यो गेम मार्फत सिक्न सकिन्छ । यस गेममा बालबालिकाले आफैले अन्तरिक्षयान बनाउनु पर्ने हुन्छ । यो गेममा एक एक उपकरण जोडेर यसमा अन्तरिक्षयान बनाउनुपर्छ र त्यसपछि प्लेयरले सोलार सिस्टम एक्स्प्लोर गर्नसक्छन् भने आफ्नै स्पेस स्टेशन पनि निर्माण गर्न सक्छन् । 

एलो (Eloh)

एलो एउटा म्युजिकल पजल गेम हो जसको माध्यमबाट बालबालिकाले थाहा नै नपाई त्रिकोणमिति सिक्न पाउँछन् । एउटा स्पोट देखि अर्को स्पटमा लाइन तानेर विभिन्न आकारहरू बनाउनुपर्छ । एक पछि अर्को गर्दै लेभलहरू पार हुदै गएपछि लेभल थप गाह्रो हुदैँ जान्छ । यो गेम एन्ड्रोइडआईओएस दुवैमा खेल्न सकिन्छ । 

जुमबिनीज (Zoombinis)

जुमबिनीज मार्फत बालबालिकाहरूले विभिन्न प्याटर्नहरू, डेटा विश्लेषण र समस्या समाधान गर्ने सीपहरू सिक्न सक्छन् । हुन त यो ९० को दशकको भिडियो गेम हो यद्यपि यो अझै परिस्कृत रुपमा आज पनि उपलब्ध छन् । यसमा साना साना निलो रंगको क्यारेक्टहरू हुन्छन् जसलाई इभिलब्लोट्सबाट बचाएर जुमबिनीभिल्ला अर्थात जुमबिनीजको घरसम्म पुर्‍याउनुपर्छ । यसबाट बालबालिका विभिन्न प्याटर्नहरू प्रयोग गर्न सिक्नसक्छन् । यो गेम कम्प्युटर, आईओएस एन्ड्रोइड सबैमा खेल्न मिल्छ ।

ह्वेर अन गुगल अर्थ इज कारमेन सानडियागो ? (Where on Google Earth is Carmen Sandiego?)

यो गेमबाट बालबालिकाले विभिन्न देशहरूको राजधानिहरूको नाम, एतिहासिक घटनाहरू लगायत अन्य भौगोलिक तथ्यहरूको बारेमा सिक्न सक्छन् । यस गेममा कारमन सानडियागो नामको एउटा चोर हुन्छ र प्लेयर डिटेक्टर हुन्छ । सो चोरलाई खोज्नको लागि विभिन्न सुराकहरू दिइएको हुन्छ जसको सहायतामा प्लेयरले उक्त चोर पत्ता लगाउनु पर्नेहुन्छ ।  यो गेम एन्ड्रोइडवेबमा उपलब्ध छ ।            

न्यान्सी ड्रयु इन्टर्‍याक्टिभ मिस्ट्रिज (Nancy Drew Interactive Mysteries)

यस गेममा बालबालिकाले एतिहासिक घटनाहरूको बारेमा, विदेशी संस्कृति, भाषाहरूको बारेमा जान्ने मौका पाउछन् । हुन त यो पनि धेरै पुरानो  गेम  हो यद्यपि यो अझै पनि उत्तिकै लोकप्रिय छ । यो गेममा प्लेयरले न्यान्सीको रुपमा डिटेक्टिभ भएर खेल्नुपर्छ । यसमा दिइएका विभिन्न रहस्यहरूलाई समाधान गर्दै आरोपीलाई समात्नुपर्छ ।  यो गेम पनि एन्ड्रोइड, आईओएसडेक्सटपमा खेल्न मिल्छ । 

डेमोक्रेसी (Democracy)

सरकार र सरकारी काम कारबाहीहरूको बारेमा यदि तपाईं बालबालिकालाई सजिलै बुझाउन चाहनुहुन्छ भने यो गेमले तपाईंलाई मद्दत गर्न सक्छ । यस गेम मार्फत बालबालिकाले राज्यका तहहरूको बारेमा,दलहरू, कोष, कर, चुनाव, नीति परिवर्तन, राजनीतिक पुँजी, बजेट, ऋण लगायतका विषयमा बुझ्न सक्छन् । 

यस सरकारी सिमुलेशन गेममा, प्लेयरले लोकतान्त्रिक सरकारको राष्ट्रपति वा प्रधानमन्त्रीको रूपमा खेल्नुपर्ने हुन्छ र कर, अर्थव्यवस्था, कल्याण, विदेश नीति, यातायात, कानून व्यवस्था र सार्वजनिक सेवाहरूको क्षेत्रमा नीतिहरू परिवर्तन गर्नुपर्नेहुन्छ  । जस्तै प्लेयरहरूले घरबारविहीन वा विरोध जस्ता परिस्थितिहरू सामना गर्नुपर्छ र तदनुसार निर्णयहरू गर्नुपर्छ। यो गेमका विभन्न संस्करणहरू आइसकेको छ । 

नेशनल जियो ग्राफिक च्यालेन्ज (National Geographic Challenge)

गेमको नाम सुनेर नै थाहा हुन्छ कि यो गेमबाट बालबालिकाहरूले इतिहास तथा भौगोलिक व्यवस्थाहरूको बारेमा जान्न र बुझ्न सकिन्छ । यसमा प्लेयरलाई विभिन्न प्रश्नहरू सोधिन्छ र अर्को लेभलमा जानको लागि सहि जवाफ दिनुपर्ने हुन्छ । प्रश्न अमेरिका, युरोप, एसिया, साउथ अमेरिका, अफ्रिका वा  अष्ट्रेलिया जुनसुकै रिजनको पनि हुनसक्छ । कुनै पनि दशक वा कुनै पनि क्षेत्रको प्रश्नको जवाफ आफ्नो इच्छाले दिन सकिन्छ । यसले बालबालिकाको सामान्य ज्ञान बढाउन मद्दत गर्छ । यो गेम प्लेस्टेशनहरूमा मात्र उपलब्ध छ । 

वर्ल्ड रेस्क्यु (World Rescue)

वर्ल्ड रेस्क्यु भिडियो गेम मार्फत बालबालिकाहरूले विश्वमा भएका विभिन्न भौगोलिक, स्वास्थ्य लगायतका क्षेत्रहरूमा भएका समस्यहरूको बारेमा सिक्न सक्छन् । यो गेम जेडयु डिजिटलले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन (युनेस्को) को सहायतामा विकास गरेको गेम हो । यो गेममा बालबालिकाले विभिन्न देशमा भएका समस्याहरू समाधान गर्नको लागि हिरोहरूलाई सहयोग गर्नुपर्नेहुन्छ । हाल यो गेममा केन्या, नर्वे, ब्राजिल, भारत र चीनको लोकेशन उपलब्ध छ । यो गेम एन्ड्रोइड आईओएस दुवैमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२