close

क्लासिक टेकको ‘धमाकेदार अफर’, ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी

टेकपाना टेकपाना

फागुन ३, २०७७ १७:४९

क्लासिक टेकको ‘धमाकेदार अफर’, ७९९ रुपैयाँमै २० एमबीपीएस इन्टरनेटसहित आईपी टिभी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सस्तो मूल्यमा आकर्षक इन्टरनेट प्याकेज सहितको धमाकेदार अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ब्राण्ड एम्बेस्डरमा अभिनेता नाजिर हुसैनको नियुक्तिसँगै सस्तो मूल्यको इन्टरनेट प्याकेज ल्याएको हो ।

यो नयाँ अफर नेपालकै सबैभन्दा सस्तो र राम्रो भएको कम्पनीको दाबी छ । कम्पनीको नयाँ अफरमा मासिक ७९९ रुपैयाँमा २० एमबीपीएसको गतिको इन्टरनेट उपलब्ध छ ।

ग्राहकले यो प्याकेजमा सहभागी हुन एक वर्षका लागि इन्टरनेट जडान गर्नुपर्नेछ । जसमा ग्राहकले पहिलो पटक इन्टरनेट राउटरका लागि ५०० रुपैयाँ डिपोजिट, सेट टप बक्सका लागि ५०० रुपैयाँ र भ्याट सहित कूल ११ हजार ८३५ रुपैयाँ तिर्नुपर्नेछ ।

त्यसपछि भने ग्राहकले भ्याट बाहेक मासिक ७९९ रुपैयाँमै यो प्याकेज प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ । जसमा ग्राहकले फास्ट इन्टरनेटसँगै १५० ओटा च्यानल रहेको आईपी टिभी सेवा समेत निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

नयाँ नयाँ ठाउँमा क्लासिक सेन्टर खोल्दै सेवा दिँदै आएको कम्पनीले धेरै स–साना बस्ती तथा गाउँमा पनि इन्टरनेट विस्तार गर्ने लक्ष्य लिएको छ । यस्तो अवस्थामा नयाँ यो अफरबाट ग्राहकहरूले विशेष लाभ लिन सक्ने कम्पनीको विश्वास छ ।

यो अफरमा सहभागी ग्राहकले जुनसुकै प्याकेजमा अपग्रेड गर्न समेत पाउनेछन् । कम्पनीका प्रमुख मार्केटिङ अधिकृत विनयकुमार अधिकारीका अनुसार यति सस्तो मूल्यमा उच्च स्पिड इन्टरनेट सेवा नेपालभरका सबै ग्राहकले उपयोग गर्न सक्नेछन् ।

‘अब क्लासिक टेकको इन्टरनेट हरेक घरमा हुनेछ,’ उनले भने । पछिल्लो समय लोकप्रिय अभिनेताको रुपमा स्थापित हुसैनसँगको सहकार्यबाट कम्पनीले नयाँ उचाई प्राप्त गर्ने क्लासिक टेकको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३