close

नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारण रोक्न यी ३५ पाइरेटेड वेबसाइट र एपमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

जेठ २८, २०८३ १७:५७

नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारण रोक्न यी ३५ पाइरेटेड वेबसाइट र एपमाथि प्रतिबन्ध

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ को खेलहरू अनधिकृत रूपमा प्रसारण (लाइभ स्ट्रिमिङ) गर्नसक्ने ३५ वटा वेबसाइट र मोबाइल एपहरूमाथि प्रतिबन्ध लगाएको छ । प्राधिकरणले देशभरका सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई पत्राचार गर्दै यी प्लेटफर्महरूलाई तत्काल ब्लक गर्न निर्देशन दिएको हो ।

नेपालका लागि विश्वकप फुटबलको आधिकारिक र विशेष प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) र डिशहोम डिजिटल प्रालि (DGO- डिशहोम गो) को जोइन्ट भेन्चर एचटीभी-डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभीले प्राप्त गरेको छ । सोही अधिकारको संरक्षण गर्न र पाइरेटेड सामग्री रोक्न सूचना तथा सञ्चार मन्त्रालयको पत्रका आधारमा प्राधिकरणले यो कदम चालेको हो ।

प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले जारी गरेको परिपत्रअनुसार विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको पाइएकाले त्यस्ता गतिविधि रोक्न निर्देशन दिइएको छ ।

“पाइरेटेड र अनअथोराइज्ड वेबसाइट तथा एपहरूमा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा स्ट्रिमिङ नहुने व्यवस्था मिलाई सोको जानकारी प्राधिकरणमा गराउनुहुन निर्णयानुसार अनुरोध गरिएको छ,” प्राधिकरणको पत्रमा उल्लेख छ ।

प्रतिबन्ध लगाइएका वेबसाइट र एपहरूको सूची:

१. tv.getemoji.online
२. kick.com
३. freeplyrr
४. bhandari-suraj.com
५. sportzfy
६. sportzfypkdownload
७. sportzfytvapp
८. sportzfytvbd
९. sportzfy.link
१०. sportzfyapp.cc
११. cricfytv.to
१२. cricfytvap
१३. cricfytv.org
१४. cricfytv.net
१५. cricfytv.com
१६. cricfytv.pro
१७. cricty.net
१८. newsecrettips
१९. novasoccer.net
२०. nepsportshub
२१. crichd.com
२२. smarteric.com
२३. webcric.eu
२४. soccertvhd.com
२५. https://www.yasin-tv.net/
२६. Streamseast.top
२७. genzaity.com
२८. fbstream.me
२९. streamed.su
३०. Streameast
३१. ronaldo7.net
३२. istreameast.app
३३. damity pro
३४. soccertvhd.com
३५. sportzworkzlive

प्राधिकरणले ती प्लेटफर्महरूबाट हुने अनधिकृत प्रसारणले आधिकारिक ब्रोडकास्टरको प्रतिलिपि अधिकार उल्लंघन हुने र कानुनी दायित्व सिर्जना हुने स्पष्ट पारेको छ । इन्टरनेट सेवा प्रदायकहरूले यी साइटहरू ब्लक नगरेमा प्राधिकरणको ऐनअनुसार कारबाही हुने समेत चेतावनी दिइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ १८:१०