close

कहिले आउला फिफा २२ ?

टेकपाना टेकपाना

जेठ २६, २०७८ १०:३६

कहिले आउला फिफा २२ ?

काठमाडाैं । फ्रेन्चाइज गेम मन पराउने पारखीहरुका लागि नयाँ भर्सनकाे फिफा कहिले आउला भन्ने चासो छ । हाल फिफा २१ विश्वका धेरै गेमरले खेलिरहेका छन् भने उनीहरू अब फिफा २२ काे प्रतिक्षामा छन् ।

ईए स्पोर्टसको यो फिफा टाइटल वास्तवमा विश्वकै लोकप्रिय भिडिओ गेम हो । फिफा २१ मा रहेको अल्टिमेट टिम मोडले अहिले धेरै गेमरको ध्यान तानेको छ । यो मोडबाट जुनसुकै प्लेयर र म्यानेजर प्रयोग गरी आफ्नो टिम बनाउन सकिन्छ । साथै क्याजुअल र कम्पिटिटिभ दुवै खेलमा परिणत गरी खेल्न सकिन्छ ।

कोरोना महामारीका कारण फिफा २१ को रोलआउटलाई केही प्रभाव पारेपनि विस्तारै यसले सफलता पाइरहेको छ । अब नयाँ संस्करण अर्थात् फिफा २२ कहिले आउला भनेर फिफा पारखीहरू प्रश्न सोधिरहेका छन् ।

फिफाको अघिल्लो संस्करणलाई फर्केर हेर्‍यौं भने फिफा २२ सेप्टेम्बरको वरिपरि सार्वजनिक हुनेछ । केही अफवाहलाई हेर्ने हाे भने सेप्टेम्बर २४ मा याे गेम सार्वजनिक हुन सक्छ ।

नयाँ भर्सनको फिफामा नयाँ ग्राफिक डेभलपमेन्ट, स्लाइट एडजस्टमेन्ट र नयाँ गेम मोड आउने अनुमान गरिएको छ । साथै अल्टिमेट टिम मोडमा नयाँ आइकनका साथ विभिन्न खेलहरू खेल्न मिल्ने सुविधा थपिने चर्चा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१