ट्रेन्डिङ:
देशका सबै सामुदायिक क्याम्पसमा २ वर्षसम्म निःशुल्क इन्टरनेट नयाँ आईफोनमा यसरी ट्रान्सफर गर्नुहोस् पुरानो एन्ड्रोइड फोनको डेटा ८००० एमएएच ब्याट्री सहितको रेड्मीको ट्याबलेट सार्वजनिक, के के छन् विशेषता ? अनलाइन किताब खरिदका लागि उपयुक्त पाँच नेपाली वेबसाइट सन् २०२२ भित्र देशभर फोरजी सेवा उपलब्ध हुने ‘९.६ जीबीपिएस सम्मको स्पीड हुने वाइफाइ सिस्टमको तयारी गरिरहेका छौं’ गुगल सर्चमा यस्ता कुरा नखोजेकै बेस टेलिकमका ग्राहकले जान्नैपर्ने युएसएसडी कोड, यसरी लिनुहोस् सेवा जथाभावी ह्वाट्सएप ग्रुपमा जोड्नेदेखि हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् स्मार्ट मिटरका लागि प्रति मेगाहर्ज एक करोड २० लाखमा विद्युत प्राधिकरणलाई  फ्रिक्वेन्सी
close

देशका सबै सामुदायिक क्याम्पसमा २ वर्षसम्म निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

साउन ६, २०७८

देशका सबै सामुदायिक क्याम्पसमा २ वर्षसम्म निःशुल्क इन्टरनेट

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरञ्चार प्राधिकरणले अब देशका सम्पूर्ण सामुदायिक क्याम्पसमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । सरकारको नीतिगत निर्देशनका आधारमा प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत याे कार्यक्रम अघि बढाएको हो ।

यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको निर्देशनमा यो कार्यक्रम अघि सारिएकाे थियाे । गुरुङको निर्देशनमा पहिलो चरणमा प्राधिकरणले भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका सामुदायिक विद्यालयबाट यसको प्रक्रिया अघि बढाएको थियो । तर, अब भने प्राधिकरणले आफ्नो बजेटमै समावेश गरेर देशका सबै सामुदायिक क्याम्पससम्म निःशुल्क इन्टरनेट दिने याेजना अघि बढाएको हो ।

त्यसका लागि प्राधिकरणले ७० करोडकाे बजेट पारित गरेको छ । जसमा सामुदायिक क्याम्पसका साथै सामुदायिक आधारभूत विद्यालयमा समेत इन्टरनेट उपलब्ध गराइने छ । त्यसरी उपलब्ध हुने इन्टरनेट दुई वर्षसम्मका लागि निःशुल्क रुपमा प्रयोग गर्न सकिने उल्लेख छ ।

प्राधिकरणका अनुसार हाल भूकम्पबाट अतिप्रभावित ८ जिल्लाका सामुदायिक क्याम्पससँग सम्झौताको काम भइरहेको छ । त्यसका लागि विश्वविद्यालयको सिफारिसमा कलेजले आवेदन दिनसक्ने जनाइएको छ ।