close

वर्ल्ड वाइड वेबको सोर्स कोड बिक्रीमा राख्दै बर्नर्स ली

टेकपाना टेकपाना

असार २, २०७८ ११:१९

वर्ल्ड वाइड वेबको सोर्स कोड बिक्रीमा राख्दै बर्नर्स ली

काठमाडौं । वर्ल्ड वाइड वेबका आविष्कारक टिम बर्नर्स लीले आधुनिक इन्टरनेट बनाउन प्रयोग गरेको मुख्य सोर्स कोड बिक्रीमा राख्ने भएका छन् ।

अघिल्लो सातमात्रै आफ्नो ६६औ जन्म दिन मनाएका उनले आफूले आविष्कार गरेको वर्ल्ड वाइड वेबको सोर्स कोर्ड एनएफटी (नन-फन्जिबल टोकनका रुपमा बिक्री गर्ने भएका हुन् ।

ली सन् १९५५ जुन ८ मा इंङ्ल्याण्ड जन्मिएका हुन् । सूचनालाई एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा सजिलै पठाउन सकिने जिम्मेवारी बर्नर्स लीको टिमले पाएको थियो ।

उनी यस्तो उपायको खोजीमा जुटे, जसबाट सूचना एकै स्थानमा रहेको भान होस् । यसैको समाधान सोच्दासोच्दै उनले वेब प्रविधिको आविष्कार गरे र ६ अगस्ट १९९१ मा विश्वकै पहिलो वेब पेज तयार भएकाे थियो ।

उनले आविष्कार गरेको उक्त वेब प्रविधि नै आज २१औं शताब्दीको सबैभन्दा लोकप्रिय सम्पर्क साधन बनेको छ । यसैको सोर्स कोड उनले अब एनएफटीका रुपमा बिक्री गर्ने भएका हुन् ।

एनएफटी डिजिटल चित्र, गीत र भिडियोहरुको स्वामित्व आदि बनाउने प्रविधि नै नन फन्जिबल टोकन हो ।

यो इथेरियम ब्लकचेन (डिजिटल रेकर्ड) मा आधारित छ, जुन बिटक्वाइनमा प्रयोग गरिएको प्रविधि पनि हो । यसलाई ह्याक गर्न असम्भव जस्तै भएका हुनाले यो सुरक्षाको दृष्टिकोणले पनि एकदम ठीक मानिन्छ । तर, पछिल्लो समय यसलाई पैसा बनाउने माध्यमको रुपमा प्रयोग गरिरहेको भनी आलोचनासमेत हुने थालेको छ ।

यस्तोमा बर्नर्स लीले आफ्नो सोर्स कोड नै बिक्री गर्ने भनेसँगै धेरै जना अचम्मित भएका छन् । उनीहरुले लीले सोर्स कोडमा आफ्नै प्याटेन्ट दर्ता गर्नुपर्ने बताएका छन् ।

तर लीले भने आफ्नो सोर्स कोड बिक्री गर्ने निर्णय गरिसकेका छन् । यसरी अक्सनबाट आएको पैसा उनकी श्रीमती र उनले आवश्यक रुपमा विभिन्न संस्थाहरुलाई सहयोग गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१