close

भोलिदेखि फेरि बन्द हुँदै ड्राइभिङ लाइसेन्सको आवेदन

टेकपाना टेकपाना

फागुन ३०, २०७८ १७:४८

भोलिदेखि फेरि बन्द हुँदै ड्राइभिङ लाइसेन्सको आवेदन

काठमाडौं । यातायात व्यवस्था विभागले भोलि (चैत १) गतेदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन बन्द गर्ने भएको छ ।

विभागले सोमबार एक सूचना जारी गर्दै चैत १ देखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द हुने जनाएको छ ।

अहिलेसम्म प्राप्त भएका आवेदनहरूको प्रक्रिया सकाउनुपर्ने भएकाले तत्कालका लागि नयाँ आवेदन बन्द गर्न लागिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।

पुराना सबै काम सकाउने निर्णय भएका कारण कहिलेसम्म अनलाइन आवेदन बन्द हुने र कहिलेदेखि खुल्ने भन्ने विषयमा अहिले नै कुनै निर्णय नलिएको उनले बताए ।

विभागले सेवाग्राहीको सुविधाका लागि अनलाइन आवेदनको सुरुवात गरेको थियो ।

योभन्दा अगाडि पनि अनलाइनबाट आवेदन फारम भर्नेको संख्या उल्लेख्य बढेपछि विभागले विहान १० देखि साझ ५ बजेभित्रको समयमा मात्र आवेदन भर्न नमिल्ने व्यवस्था गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२