close

रियलमी नाइन प्रो फाइभजी स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

भदौ ६, २०७९ १२:३७

रियलमी नाइन प्रो फाइभजी स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा रियलमी नाइन प्रो फाइभजी स्मार्टफाेन सार्वजनिक भएकाे छ । स्न्यापड्राग ६९५ प्रोसेसरसहित उपलब्ध फाेनमा १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले दिइएकाे छ ।

यसमा ६४ मेगापिक्सेल मुख्य सेन्सरसहित ट्रिपल क्यामरा रहेको छ । त्यस्तै १६ मेगापिक्सेलको वाइड एङ्गल सेल्फी क्यामरा दिइएकाे छ ।

साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर समेत दिइएकाे फाेनमा ५००० एमएएचको क्षमताकाे ब्याट्री छ ।

कम्पनीका अनुसार याे स्मार्टफाेन स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ ।

त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले २७ मिनेटमै ५० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीकाे दाबी छ ।

अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जीबी भेरियन्टमा याे फाेन किन्न सकिन्छ, जसकाे मूल्य ३८ हजार ९९९ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४