close

कस्तो होला एप्पलको नयाँ स्मार्टवाच ?

टेकपाना टेकपाना

भदौ २१, २०७९ ८:२९

कस्तो होला एप्पलको नयाँ स्मार्टवाच ?

काठमाडौं । एप्पल इभेन्ट नजिकिएसँगै कम्पनीले सार्वजनिक गर्ने डिभाइसको विषयमा पनि विभिन्न जानकारी बाहिरिने क्रम जारी छ ।

यसैबीच कम्पनीको एप्पल वाच प्रोको डिजाइनको विषयमा जानकारी बाहिरिएको छ ।

हालै अनलाइनमा याे डिभाइसकाे कभर लिक भएकाे छ । यसअनुसार नयाँ एप्पल वाच प्रोको देब्रेतिर बटन देख्न सकिन्छ ।

यसमा एकदेखि दुईओटा बटन हुनसक्ने अनुमान गरिएको छ । यो घडी टचस्क्रिन मात्र नभएर पानीमुनि पनि उत्तिकै सुरक्षित हुने विश्वास लिइएको छ ।

हालको एप्पलवाच स्विमिङ गर्नसम्मका लागि ठीक हुन्छ । तर अब आउने वाच प्रोको वाटर रेसिस्टेन्सि तुलनात्मक रुपमा धेरै हुने बताइएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३