close

एप्पलको एपस्टोरमा पनि फैलियो खतरनाक मालवेयर, तुरून्त हटाउनुहोस् यी ७ एप

टेकपाना टेकपाना

साउन २५, २०७९ १८:१९

एप्पलको एपस्टोरमा पनि फैलियो खतरनाक मालवेयर, तुरून्त हटाउनुहोस् यी ७ एप

काठमाडौं । एन्ड्रोइडको तुलनामा आईओएस सुरक्षित मानिन्छ । एपस्टोरमा हुने विभिन्न सुरक्षा चुनौतीलाई समाधान गर्न एप्पलले धेरै फिचर उपलब्ध गराएको पनि छ ।

यद्यपि गत हप्ता म्याक एपस्टोरमा केही मालवेयरयुक्त एप फेला परेका छन्, जसले प्रयोगकर्ताको डिभाइसलाई पनि संक्रमित बनाउनसक्ने जानकारी बाहिरिएको छ ।

साइबर सुरक्षा अनुसन्धानकर्ता एलेक्स क्लेबरले म्याक एपस्टोरमा सात संक्रमित एप फेला परेकाे जानकारी दिएका छन् ।

उनका अनुसार यी सबै एपहरू फरक-फरक पब्लिसरकाे नाममा उपलब्ध भएपनि सबै एप एउटै डेभलपरले बनाएका हुन् । उनले चिनियाँ डेभलपरले एप बनाएकाे दाबीसमेत गरेका छन् ।

हाल एप्पलले यी सबै एपहरूलाई एपस्टोरबाट हटाइसकेको छ । म्याकमा डाउनलोड भएर प्रयोगमा रहेका एप भने प्रयोगकर्ता आफैँले हटाउनुपर्ने हुन्छ ।

संक्रमित एपहरू: 

  • PDF Reader for Adobe PDF Files (Sunnet Technology Inc.)
  • Word Writer Pro (Netozo Limited)
  • Screen Recorder (Safeharbor Technology L Ltd.)
  • Webcam Expert (Wildfire Technology Inc.)
  • Streaming Browser Video Player (Boulevard Technology Ltd.)
  • PDF Editor for Adobe Files (Polarnet Limited)
  • PDF Reader (Xu Lu, apparently associated with Sunnet Technology Inc.)

यी सबै एपहरू अमेरिकामा सबैभन्दा धेरै डाउनलोड भएका १०० ओटा एपअन्तर्गत पर्दछन् । यी एपले इन्क्रिप्टेड डेटाबेस प्रयोग गरेर एप्पलको सुरक्षा घेरालाई तोड्न सफल भएको एलेक्सले बताएका छन् ।

यी एप प्रयोगकर्ताको विवरण चोरी गर्नको लागि प्रयोग भएको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३