काठमाडौं । ट्वीटरका सीईओ ज्याक डोर्सीको डिजिटल कम्पनी स्क्वायरले बिटक्वाइनकाे हार्डवेयर वालेट ल्याउने तयारी गरेकाे छ ।
गत बिहीवार अमेरिकी सांसद एलिजावेथ वारेनले सिनेटमा क्रिप्टोकरेन्सी प्रयोगका कारण बजारमा जोखिम बढेको विषयलाई उठाउनुभन्दा केही समयअघि ट्वीटरमा ट्वीट गर्दै साे कम्पनीले बिटक्वाइनका लागि हार्डवेयर बनाउने घोषणा गरेको थियो ।
कम्पनीका अनुसार बिटक्वाइन वालेट क्रिप्टोकरेन्सी एक्सचेन्ज गर्ने ठाउँहरूमा अनलाइन र अफलाइन दुवै व्यवस्था सहित स्टोर गरिनेछ, जहाँ बिटक्वाइन खरिद तथा बिक्री गर्न सकिनेछ ।
बिटक्वाइन वालेट एक गैरसंरक्षक वालेट हो, जसको नियन्त्रण पूर्णरुपमा प्रयोगकर्ताको हातमा मात्र हुनेछ । यसले प्रयोगकर्ताको क्रिप्टोकरन्सी नियन्त्रण गर्दछ र सो फण्ड सोही प्रयोगकर्ताको नै हो भनेर प्रमाणित गर्दछ ।
स्क्वायरका हार्डवेयर विभागका प्रमुख जेस्से डोरोगस्करले ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्, ‘बिटक्वाइनको आधिकारिकतालाई मूलधारमा ल्याउनको लागि हामीले हार्डवेयर वालेट बनाउने निर्णय गरेका हौँ ।’
We have decided to build a hardware wallet and service to make bitcoin custody more mainstream. We’ll continue to ask and answer questions in the open. This community’s response to our thread about this project has been awesome – encouraging, generous, collaborative, & inspiring. https://t.co/CHf9hAmKnn
— Jesse Dorogusker (@JesseDorogusker) July 8, 2021
कम्पनीका सीईओ ज्याक डोर्सेले गत महिना ट्वीट गर्दै कम्पनीले बिटक्वाइनको लागि हार्डवेयर वालेट बनाउने संकेत दिएको थिए ।
Square is considering making a hardware wallet for #bitcoin. If we do it, we would build it entirely in the open, from software to hardware design, and in collaboration with the community. We want to kick off this thinking the right way: by sharing some of our guiding principles.