close

डिजिटल वालेट मोरुको अफर, रिचार्जमा ३% बोनसदेखि बैंक ट्रान्सफर निःशुल्क

टेकपाना टेकपाना

माघ २७, २०७९ ११:३३

डिजिटल वालेट मोरुको अफर, रिचार्जमा ३% बोनसदेखि बैंक ट्रान्सफर निःशुल्क

काठमाडौं । डिजिटल वालेट कम्पनी मोरुले नयाँ अफर ल्याएको छ ।

अफर अन्तर्गत एनसेल, नेपाल टेलिकम र स्मार्ट सेलको मोबाइल टप-अप तथा टेलिफोनको बिल भुक्तानीमा तीन प्रतिशत बोनस पाउन सकिनेछ ।

त्यस्तै हवाईजहाजको हरेक टिकेटमा न्यूनतम १५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म बोनस पाउन सकिने मोरुले जनाएको छ ।

यति मात्र नभएर बिजुलीको बिल निःशुल्क भुक्तानी र टिभीको रिचार्जमा समेत तीन प्रतिशतकै बोनस उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ ११:३३