close

मोबाइल स्टोरेज व्यवस्थापन गर्ने भाइबरको नयाँ फिचर, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

माघ २९, २०७९ ९:१

मोबाइल स्टोरेज व्यवस्थापन गर्ने भाइबरको नयाँ फिचर, यस्ता छन् विशेषता

काठमाडौं । भाइबरले अब स्टोरेज व्यवस्थापनको अधिकार प्रयोगकर्तालाई नै दिने भएको छ । यो नयाँ सुविधाले प्रयोगकर्ताहरूलाई आफ्नो स्टोरेजमा नियन्त्रण गर्न दिन्छ भने सजिलै चाहिएको बेला स्पेस खाली गर्न पनि सकिनेछ ।

सीमित स्टोरेज भएका प्रयोगकर्ताहरूले अब भाइबर एप अझ बढी प्रभावकारी रूपमा निश्चिन्त भएर प्रयोग गर्न सक्ने कम्पनीको विश्वास छ ।

भिडिओहरू,एआर लेन्स,तस्बिरहरू,लगायत अन्तरक्रियात्मक सञ्चारका अन्य प्रक्रियाहरुका कारण मोबाइल स्टोरेज खपत भइरहेको हुन्छ । यसले गर्दा पुराना संस्करणका मोबाइलहरूले उक्त डेटालाई व्यवस्थापन गर्न सकिरहेको हुँदैन ।

स्ट्याटकाउन्टर  ग्लोबल स्ट्याटका अनुसार, लगभग ४० प्रतिशत मोबाइल र ट्याब्लेट प्रयोगकर्ताहरूले,एन्ड्रोइड ११ वा सोभन्दा कम प्रयोग गर्ने गर्छन्। यसले गर्दा धेरै प्रयोगकर्ताले कम स्टोरेजको समस्या भोगिरहेका छन्।  

भाइबरको नयाँ  स्टोरेज व्यवस्थापनले भने प्रयोगकर्ताहरूलाई आफ्नो सम्पूर्ण भाइबर एपबाट क्यास हटाउने वा कुन च्याटलाई कति स्पेस दिने लगायतका अधिकार दिन्छ । 

प्रयोगकर्ताहरूले प्रत्येक च्याटमा हटाउन चाहेका फाइलहरू छनोट गरेर अनावश्यक फाइलहरू डिलिट गर्न सक्छन् । यो फिचर हाललाई मोबाइल डिभाइसको लागि मात्र उपलब्ध गराइएको छ ।  

पछिल्लो अध्यावधिक: माघ २९, २०७९ ९:१