close

'निशा अधिकारीले अर्कै केटासँग डेट गरेको भिडिओ'को नाममा मालवेयर फैलाउँदै ह्याकर

टेकपाना टेकपाना

चैत १२, २०७९ ११:५८

'निशा अधिकारीले अर्कै केटासँग डेट गरेको भिडिओ'को नाममा मालवेयर फैलाउँदै ह्याकर

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अभिनेत्री निशा अधिकारीको गोप्य भिडिओ भन्दै मालवेयर फैलाउन थालिएको छ । स्थापित सञ्चार माध्यमको लोगो र नाम दुरुपयोग गरी सनसनीपूर्ण सामग्रीको प्रलोभन देखाई मालवेयर फैलाउने गतिविधि बढेको हो ।

अनलाइनखबर इन इङ्गलिश नाम दिइएको 'फेक' फेसबुक पेजमा "शरदले निशा अधिकारी अर्कै पुरुषसँग डेट गरिरहेको भिडिओ सार्वजनिक गरेको" दाबी गरिएको छ । फेसबुकमा बुस्ट गरिएको यो सामग्रीमा एउटा लिङ्कसँगै पासवर्ड शेयर गरिएको छ ।

उक्त लिङ्कमा क्लिक गर्ने प्रयोगकर्ताहरूलाई सोझै मालवेयर राखिएको फाइलमा पुर्‍याइन्छ । यति गर्ने बित्तिकै प्रयोगकर्ताको मोबाइल तथा कम्प्युटरमा मालवेयर घुस्ने र सामाजिक सञ्जाल अकाउन्ट ह्याक हुनुका साथै व्यक्तिगत सूचनाहरू ह्याकरको हातमा पुग्ने जोखिम छ ।

कुनै पनि शङ्कास्पद लिङ्कमा क्लिक गर्नु अघि उक्त लिङ्क सुरक्षित छ कि छैन ? चेक गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १३:३०