काठमाडौं । गत वर्षको तुलनामा विश्व बजारमा एप्पल कम्प्युटरको आपूर्ति ४० प्रतिशतले घटेको छ । र यो घट्ने क्रम हरेक वर्ष जारी छ ।
इन्टरनेसनल डेटा कर्पोरेसनले हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार सन् २०२३ को पहिलो त्रैमासिकमा कम्पनीले विश्व बजारमा ४१ लाख थान कम्प्युटर आपूर्ति गरेको छ जबकी २०२२ को पहिलो त्रैमासिकमा कम्पनीले ६९ लाख थान कम्प्युटर आपूर्ति गरेको थियो ।
रिपोर्टले हेर्ने हो भने एप्पल मात्र नभई विश्वका सबै कम्प्युटरको आपूर्ती कम भएको छ । रिपोर्टका अनुसार गत वर्षको सोही समयको तुलनामा यो वर्षको पहिलो त्रैमासिकमा डेस्कटप, नोटबुक र वर्कस्टेसनको मात्र आपूर्ति २९ प्रतिशतले घटेको छ । विभिन्न कम्पनीले गत वर्षको पहिलो त्रैमासिकमा ५० करोड ६९ लाख थान डेस्कटप, नोटबुक र वर्कस्टेसन विश्वबजारमा बिक्री गरेको थियो ।
बजारमा कम्प्युटरको माग घटेर आपूर्ति घट्दै गर्दा पनि केही कम्पनीको भने बजार हिस्सा थोरै बढेको छ । जस्तो की यो वर्षको पहिलो त्रैमासिकमा एचपीको बजार हिस्सा २१.१ प्रतिशतले बढेको छ ।