close

स्थगित भएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा असार १९ देखि, यसरी हेर्नुहोस् परीक्षा तालिका

टेकपाना टेकपाना

असार ५, २०८० १८:६

स्थगित भएको पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा असार १९ देखि, यसरी हेर्नुहोस् परीक्षा तालिका

काठमाडौं । परीक्षा व्यवस्थापन कार्यालयमा नेपाल विद्यार्थी संघले लगाएको तालाको कारण स्थगित भएको पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयकाे परीक्षा पुन: सुरु हुने भएको छ । कार्यालयमा लगाइएको ताला खुलेसँगै १९ असारदेखि परीक्षा सञ्चालन हुने भएको हाे ।

२९ जेठमा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालोमोसो दल्नुका साथै परीक्षा व्यवस्थापन कार्यालयमा ताल्चा लगाएका थिए । सोही कारण ३२ जेठबाट हुने भनिएको पूर्वनिर्धारित परीक्षा प्रभावित भएको थियो ।

अहिले उक्त समस्या समाधान भएको र अब परीक्षा सञ्चालन हुने विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमालले टेकपानालाई जानकारी दिए ।

विश्वविद्यालयले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।

आफ्नो परीक्षा कहिले हुन्छ भनेर हेर्न यसो गर्नुहोस्

-परीक्षा व्यवस्थापन कार्यालय कार्यालयको वेबसाइटमा जानुहोस् । यसका लागि यहाँ क्लिक गर्नुहोस् । 

-अब तपाईं वेबसाइटको होमपेजमा पुग्नुहुन्छ । त्यहाँ माथि ‘एक्ज्याम’ मा क्लिक गर्नुहोस् ।

 

-अब दुई विकल्प देखिन्छन् । तीमध्ये ‘एक्ज्याम शेड्युल’मा क्लिक गर्नुहोस् ।

 

-तलको जस्तो विकल्प देखिन्छ । त्यहाँ तपाईं कुन ‘फ्याकल्टी’को हुनुहुन्छ, त्यो राख्नुहोस् । ‘प्रोग्राम’मा कुन विषय पढिरहनु भएको छ, त्यो छान्नुहोस् । र ‘सेमेस्टर/इयर’मा आफू पढिरहेको सेमेस्टर चयन गर्नुहोस् । यति भरेपछि पहेले बक्समा भएको ‘सर्च’मा क्लिक गर्नुहोस्।

 

 

-वेबसाइटको तलको भागमा नतिजा देखिन्छ । त्यहाँ ‘डाउनलोड’मा क्लिक गरेर परीक्षा तालिका हेर्नुहोस् । छेउमा तपाईंले परीक्षा हुन बाँकी समय र सकिन बाँकी समय पनि सँगै देख्नुहुनेछ । 

 

 

पछिल्लो अध्यावधिक: असार ५, २०८० १८:२८