close

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाको फारम अनलाइनबाट भर्न मिल्ने सुविधा आउँदै

टेकपाना टेकपाना

भदौ १९, २०८० १९:१६

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाको फारम अनलाइनबाट भर्न मिल्ने सुविधा आउँदै

काठमाडौं । अब चाँडै नै पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाको फारम अनलाइनबाट भर्न मिल्ने भएको छ । विद्यार्थीको सहजताका लागि विश्वविद्यालयले याे सुविधा ल्याउन लागेकाे हाे ।

यसका लागि हालै पूर्वाञ्चल विश्वविद्यालय, विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी कलेजको संगठन पीयूक्यान र सफ्टवेयर कम्पनी मिडास एजुकेसनबीच एक साझेदारी भएको छ । उक्त साझेदारी अनुसार मिडास एजुकेसनले चार महिनाभित्र सफ्टवेयर विकास गरी विश्वविद्यालयलाई उपलब्ध गराउने छ ।

अनलाइन परीक्षा फारम दर्ता विधि प्रयोग गरी विश्वविद्यालयले समयमै नतिजा प्रकाशन गर्नसक्ने बताइएकाे छ ।

गत वर्षदेखि विश्वविद्यालयले प्रवेश परीक्षाको फारम अनलाइनबाट भर्न मिल्ने व्यवस्था ल्याएको थियो । अब भने सबै तहका परीक्षाका फारमहरु अनलाइनमार्फत बुझाउन सकिने विश्वविद्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १९, २०८० १९:१६