close

अब वेबमा पनि मोबाइल नम्बरबाटै ह्वाट्सएप लगइन गर्न सकिने

टेकपाना टेकपाना

असार २६, २०८० ९:४८

अब वेबमा पनि मोबाइल नम्बरबाटै ह्वाट्सएप लगइन गर्न सकिने

काठमाडौं । अब वेबमा मोबाइल नम्बरबाटै ह्वाट्सएप अकाउन्ट लगइन गर्न सकिने भएको छ । कम्पनीले हालै एक ब्लग सार्वजनिक गर्दै ह्वाट्सएपको नयाँ भर्सनमा यस्तो फिचर उपलब्ध भएको जानकारी दिएको हो । कम्पनीका अनुसार ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सन (२.२३.१४.१८) मा यस्तो फिचर ल्याइएको हो ।

यसअघि वेबमा ह्वाट्सएप लगइन गर्दा क्यूआर कोड स्क्यान गर्नुपर्ने वाध्यता थियो । जसमा लगइन गर्नका लागि अर्को मोबाइल डिभाइसमा ह्वाट्सएप लगइन भएको हुनुपर्छ । सो डिभाइसबाट क्युआर स्क्यान गर्दा मात्र कम्प्युटरमा ह्वाट्सएप लिङ्क गर्न सकिन्छ । यही अप्सनको विकल्पमा कम्पनीले सोझै नम्बरबाट वेबमा ह्वाट्सएप लगइन गर्न सकिने सुविधा ल्याएको उल्लेख गरेको छ । 

हाल यो नयाँ सुविधा बेटा टेस्टर ग्रुपहरूमा मात्र उपलब्ध छ । यद्यपि तपाईंले पनि यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । तर, यसका लागि तपाईंले आफ्नो डिभाइसमा ह्वाट्सएपको पछिल्लो अपडेट इन्स्टल गर्नुपर्ने हुन्छ । यस अन्तर्गत वेबमा क्यूआर कोडको अप्सन तल सोझै मोबाइल नम्बरबाट लगइनको अप्सन राखिएको कम्पनीले ब्लगमा उल्लेख गरेको छ । 

क्युआर स्क्यान नगरी कसरी वेबमा लगइन गर्ने ह्वाट्सएप ?

-सबैभन्दा पहिले आफ्नो फोनमा ह्वाट्सएप खोल्नुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा थोप्लोमा ट्याप गर्नुहोस् ।

-अनि लिङ्क्ड डिभाइसको अप्सनमा जानुहोस् ।

-त्यसपछि लिङ्क अ डिभाइसको बटनमा थिच्नुहोस् ।

-र, अन्तिममा रहेको लिङ्क विथ फोन नम्बर इन्स्टिड (link with phone number instead) को अप्सनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि त्यहाँ आठ डिजिटल र नम्बरको कोड राख्न भनिएको हुन्छ ।


यति भएपछि कम्प्युटरमा आउनहोस् ।

- अनि यहाँ क्लिक गरेर वा (https://web.whatsapp.com) यो सर्च गर्नुहोस् ।

- त्यसपछि क्युआरकोडको तल रहेको लिङ्क विथ फोन नम्बरको अप्सनमा जानुहोस् ।

- त्यहाँ गइसकेपछि आठ डिजिटको नम्बर र अक्षर देखिन्छ ।

- उक्त नम्बर र अक्षर मोबाइल डिभाइसमा टाइप गर्नुहोस् ।

-यसरी वेबमा क्युआर कोड स्क्यान नगरी ह्वाट्सएप लगइन गर्न सक्नुहुन्छ ।  

 

पछिल्लो अध्यावधिक: असार २६, २०८० ९:५९