close

अब ह्वाट्सएपमा एचडीपछि जस्ताको तस्तै गुणस्तरको फोटो र भिडिओ पठाउन सकिने

टेकपाना टेकपाना

भदौ १०, २०८० १७:१९

अब ह्वाट्सएपमा एचडीपछि जस्ताको तस्तै गुणस्तरको फोटो र भिडिओ पठाउन सकिने

काठमाडौं । हालै एचडी गुणस्तरमा फोटो तथा भिडिओ पठाउन सकिने फिचर ल्याएको मेसेजिङ एप ह्वाट्सएपले अब जस्ताको त्यस्तै (ओरिजिनल) गुणस्तरमा फाइल पठाउन सकिने फिचर ल्याउने भएको छ । ह्वाट्सएपको समाचार लिक गर्ने प्लेटफर्म वाबेटा इन्फोले शनिवार एक पोस्टमार्फत सो फिचर आउन लागेको जानकारी दिएको हो । 

उक्त प्लेटफर्मका अनुसार ह्वाट्सएपले गुगल प्ले बेटा प्रोग्राम अन्तर्गत ह्वाट्सएपको भर्सन २.२३.१८.१२ मा उक्त फिचर ल्याउन लागेको हो । यसको सहयताले प्रयोगकर्ताले फोटो वा भिडिओ जुन गुणस्तरमा खिचिएको छ, वास्तविक गुणस्तरमा पठाउन सक्नेछन् ।

विशेषगरी साधारण गुणस्तर वा एचडी गुणस्तरमा फोटो वा भिडिओ पठाउँदा त्यसको गुणस्तरमा ह्रास आएको हुन्छ । जसले गर्दा फोटो वा भिडिओको गुणस्तर खस्किन्छ ।

त्यसैलाई मध्यनजर गर्दै ह्वाट्सएपले ओरिजिनल गुणस्तरको फोटो तथा भिडिओ पठाउन सकिने फिचर ल्याउन लागेको वाबेटा इन्फोले उल्लेख गरेको छ । उक्त प्लेटफर्मले सार्वजनिक गरेको स्क्रिनशटमा बढीमा दुई जीबीसम्मको फाइल शेयर गर्न सकिने देखाइएको छ ।

बेटा टेस्टर र सर्वसाधारण प्रयोगकर्ता माझ यो फिचर कहिले उपलब्ध हुन्छ भन्ने विषयमा कम्पनीले कुनै आधिकारिक जानकारी दिएको भने छैन ।

 

पछिल्लो अध्यावधिक: भदौ १०, २०८० १७:१९